चैत्र ५, २०८२ बिहीबार | ०५:०३:०७
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

लामाचौर कप भलिबलः न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ /पोखरा ।

पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् ।

नव आदर्श सामुदायिक समाज (नाकोड्स) को आयोजनमा भइरहेको प्रतियोगितामा महिलातर्फ बुधबारको पहिलो खेलमा न्यु डायमन्डले गण्डकी भलिबल संघलाई ३ ० को सोझो सेटमा पराजित गर्यो ।

पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा न्यु डायमन्डले खेल २५-१३, २५-१६, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै न्यु डायमन्डले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण करिब दुई घण्टा ढिलो सुरु भएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेस्ट भलिबललाई ३-० कै सोझो सेटमा हरायो । एपिएफले, २५-१०, २५-११, २५-१३ को जित निकाल्यो ।

जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

दुवै खेलमा पराजित एभरेस्ट र गण्डकी अंकविहिन छन् । लिग चरणको अन्तिम खेलमा बिहीबार एभरेस्ट र गण्डकी तथा न्युड डायमन्ड र एपिएफ भिड्ने छन् ।

पुलिस र गलकोट प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ / पोखरा ।
 

पुरुषतर्फ नेपाल पुलिस क्लबले गलकोट स्पोर्टसलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

पुलिसले खेल २५-१२, २५-१७, २५-२२ ले आफ्नो पक्षमा पार्यो । 

लगातार दोस्रो जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा पुलिसले गण्डकीलाई ३-० को सेटमा पाजित गरेको थियो । 

लगातार दोस्रो पराजय ब्यहोरेको गलकोट अंकविहिन छ । पहिलो खेमला गलकोट एपिएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।

गण्डकी र एपिएफबीच भइरहेको दिनको अन्तिम खेल दोस्रो सेट सकिँदा खराब प्रकाशका कारण खेल रोकिएको छ ।  पहिलो सेट गण्डकीले २५-२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं