माघ १५, २०८२ बिहीबार | १९:४७:२३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

लामाचौर कप भलिबलः न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ /पोखरा ।

पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् ।

नव आदर्श सामुदायिक समाज (नाकोड्स) को आयोजनमा भइरहेको प्रतियोगितामा महिलातर्फ बुधबारको पहिलो खेलमा न्यु डायमन्डले गण्डकी भलिबल संघलाई ३ ० को सोझो सेटमा पराजित गर्यो ।

पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा न्यु डायमन्डले खेल २५-१३, २५-१६, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै न्यु डायमन्डले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण करिब दुई घण्टा ढिलो सुरु भएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेस्ट भलिबललाई ३-० कै सोझो सेटमा हरायो । एपिएफले, २५-१०, २५-११, २५-१३ को जित निकाल्यो ।

जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

दुवै खेलमा पराजित एभरेस्ट र गण्डकी अंकविहिन छन् । लिग चरणको अन्तिम खेलमा बिहीबार एभरेस्ट र गण्डकी तथा न्युड डायमन्ड र एपिएफ भिड्ने छन् ।

पुलिस र गलकोट प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ / पोखरा ।
 

पुरुषतर्फ नेपाल पुलिस क्लबले गलकोट स्पोर्टसलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

पुलिसले खेल २५-१२, २५-१७, २५-२२ ले आफ्नो पक्षमा पार्यो । 

लगातार दोस्रो जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा पुलिसले गण्डकीलाई ३-० को सेटमा पाजित गरेको थियो । 

लगातार दोस्रो पराजय ब्यहोरेको गलकोट अंकविहिन छ । पहिलो खेमला गलकोट एपिएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।

गण्डकी र एपिएफबीच भइरहेको दिनको अन्तिम खेल दोस्रो सेट सकिँदा खराब प्रकाशका कारण खेल रोकिएको छ ।  पहिलो सेट गण्डकीले २५-२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।