चैत्र १०, २०८२ मंगलबार | ०५:३०:०९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

लामाचौर कप भलिबलः न्यु डायमन्ड शतप्रतिशत जितसहित फाइनलमा

न्यु डायमन्ड र एपिएफ भिड्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ/ पोखरा

पोखरा  । न्यु डायमन्ड युथ स्पोर्टस क्लब शतप्रतिशत जितसहित लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल प्रवेश गरेको छ  ।

न्यु डायमन्डले बिहीबार विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले खेल २५-१८, २५-२३, २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणका तीनै खेलमा जित निकालेको न्यु डायमन्ड नौ अंक जोड्दै शीर्ष  स्थानमा रह्यो । यसअघि न्यु डायमन्डले गण्डकी र एभरेस्ट भलिबल क्लबलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो ।

पराजित भए पनि तीन खेलमा ६ अंक जोेडेको एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्यो । एपिएफले लिग चरणमा एभरेस्टलाई ३-० तथा गण्डकीलाई ३-१ को सेटमा हराएको थियो ।

बिहीबारै सम्पन्न एभरेस्टले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । एभरेस्टले २६-२४, २५-१३, २५-१९ को जित निकाल्यो ।

जितसँगै तीन खेलमा तीन अंक जोडेको एभरेस्ट तेस्रो स्थानमा रहँदा तीनै हार ब्यहोरेको गण्डकी अकंविहिन बन्यो ।

शुक्रबार उपाधिका न्यु डायमन्ड र एपिएफ तथा तेस्रो स्थानका लागि एभरेस्ट र गण्डकी प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः योगेन श्रेष्ठ/ पोखरा ।
 

यसैगरी पुरुषतर्फको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिस भिड्ने पक्का भएको छ ।

बुधबार तय एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि बिहीबारका लागि सारकिएको थियो । उक्त खेलमा एपिएफ २५-१८, २५-२३, २० -२५, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

एपिएफ र पुलिसले दुई खेलबाट सामान ६ अंक जोडेका छन् ।

पुलिस र एपिएफबीच बिहीबारै तय भएको लिग चरणको अन्तिम खेल प्रकाश अभावका कारण रोकिएको छ । पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको पुलिस दोस्रो सेटमा १९-२५ ले पछि पर्यो ।

अर्को गण्डकीले गलकोटलाई ३-२ को सेटमा हरायो । गण्डकीले खेल २५-२२, २१-२५, २५-१७, २४-२६, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै गण्डकीको तीन खेलबाट दुई अंक रहँदा तीनै खेलमा पराजित गलकोटले  एक अंक जोड्यो ।  

शुक्रबार तेस्रो स्थानका लागि पनि यी दुई टोली नै प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो