माघ १६, २०८२ शुक्रबार | १०:५०:२६
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

लामाचौर कप भलिबलः न्यु डायमन्ड शतप्रतिशत जितसहित फाइनलमा

न्यु डायमन्ड र एपिएफ भिड्दै, तस्विर सौजन्य: योगेन श्रेष्ठ/ पोखरा

पोखरा  । न्यु डायमन्ड युथ स्पोर्टस क्लब शतप्रतिशत जितसहित लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल प्रवेश गरेको छ  ।

न्यु डायमन्डले बिहीबार विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले खेल २५-१८, २५-२३, २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणका तीनै खेलमा जित निकालेको न्यु डायमन्ड नौ अंक जोड्दै शीर्ष  स्थानमा रह्यो । यसअघि न्यु डायमन्डले गण्डकी र एभरेस्ट भलिबल क्लबलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो ।

पराजित भए पनि तीन खेलमा ६ अंक जोेडेको एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्यो । एपिएफले लिग चरणमा एभरेस्टलाई ३-० तथा गण्डकीलाई ३-१ को सेटमा हराएको थियो ।

बिहीबारै सम्पन्न एभरेस्टले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । एभरेस्टले २६-२४, २५-१३, २५-१९ को जित निकाल्यो ।

जितसँगै तीन खेलमा तीन अंक जोडेको एभरेस्ट तेस्रो स्थानमा रहँदा तीनै हार ब्यहोरेको गण्डकी अकंविहिन बन्यो ।

शुक्रबार उपाधिका न्यु डायमन्ड र एपिएफ तथा तेस्रो स्थानका लागि एभरेस्ट र गण्डकी प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः योगेन श्रेष्ठ/ पोखरा ।
 

यसैगरी पुरुषतर्फको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिस भिड्ने पक्का भएको छ ।

बुधबार तय एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि बिहीबारका लागि सारकिएको थियो । उक्त खेलमा एपिएफ २५-१८, २५-२३, २० -२५, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

एपिएफ र पुलिसले दुई खेलबाट सामान ६ अंक जोडेका छन् ।

पुलिस र एपिएफबीच बिहीबारै तय भएको लिग चरणको अन्तिम खेल प्रकाश अभावका कारण रोकिएको छ । पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको पुलिस दोस्रो सेटमा १९-२५ ले पछि पर्यो ।

अर्को गण्डकीले गलकोटलाई ३-२ को सेटमा हरायो । गण्डकीले खेल २५-२२, २१-२५, २५-१७, २४-२६, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै गण्डकीको तीन खेलबाट दुई अंक रहँदा तीनै खेलमा पराजित गलकोटले  एक अंक जोड्यो ।  

शुक्रबार तेस्रो स्थानका लागि पनि यी दुई टोली नै प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।