भाद्र २३, २०८१ आइतबार | ०८:३८:०१
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

पुलिस लगातार दोस्रो जितको दाउमा, ६ खेल हुँदै

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा आइतबार पनि ६ खेल हुँदैछन् । शनिबार भएको उद्घाटन दिनपनि ६ खेल भएका थिए । राति ११ बजे सम्म खेल भएका हुन् ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुनेछन् ।

पहिलो खेल बिहान महिलातर्फ एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ । विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रगिरि नगरपालिका न्यू डाइमन्डबीच प्रतिस्पर्धा हुने छ ।

पहिलो खेलमा पुलिसले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो । न्यू डाइमन्ड भने अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसँग ३–२ को सेटमा पराजित भएको हो ।

दिनको तेस्रो खेलमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल दिउँसो १२ बजेदेखि सुरु हुने छ ।

पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । बुढानीलकण्ठले भने हेल्प नेपालसँग ३–१ को सेटमा पराजित हुँदै हारबाट प्रतियोगिता सुरू गरेको थियो ।

दिउँसो २ बजे गण्डकी प्रदेश भलिबल एसोसिएसन र सुदूरपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा गण्डकीले ३–१ सेटले पराजित गरेको थियो । सुदूरपश्चिम भने विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो।

अपरान्ह्र ४ बजे पुलिस र एपिएफ भिड्ने छन् । अन्तिम खेलमा हेल्प नेपाल र कर्णाली प्रदेश खेलकुद विकास बोर्ड प्रतिस्पर्धा गर्ने तालिका छ । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024