काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लब र विभागीय टोली नेपाल एपिएफ क्लब ललितरपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।
सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्यु डायमन्ड ललितपुर महानगरपालिका र एपिएफ परोपकार गर्ल्स होस्टेललाई ३-० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।
खेल न्यु डायमन्डले २५-१, २५-१२ र २५-८ तथा एपिएफले २५-६, २५-४ र २५-३ ले आफ्नो पक्षमा पारेका थिए ।
पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३-० को सोझो सेटमा हराए ।
खेल पुलिसले २५-१३, २५-१० र २५-१४ आर्मीले २५-८, २५-१४ र २५-९ ले जिते ।
ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।