काठमााडौं । ओर्लान्डो सिटीले मेजर सकर लिग (एमएलएस) मा सोमबार इन्टर मियामीविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै २६ खेलमा ४४ अंक जोडेको ओर्लान्डो इस्टर्न किन्फिरेन्सको चौथो स्थानमा छ । पराजित मियामी २३ खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।
इन्टर एन्ड को रंगशालमा घरेलु टोली ओर्लान्डोलाई जित दिलाउन लुइस मुरिएलले दुई तथा मार्टिन ओजेडा र मार्को पासालिकले समान एक गोल गरे । मियामीका लागि यानिक ब्राइटले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै मुरिएलको गोलमार्फत ओर्लान्डोले अग्रत लिएको थियो । तर तीन मिनेटपछि नै ब्राइटले मियामीलाई बराबरीमा ल्याए ।
मुरिएलले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । आठ मिनेट पछि आजेडाले टोलीका लागि तेस्रो गोल गरे ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा पासालिकले गोल गर्दा मियामीले ४-१ को सहज जित दर्ता गर्यो ।
अब शनिबार मियामीले लस एन्जलस ग्यालेक्सीको ओर्लान्डोले स्पोर्टिङ कान्सास सिटीको सामना गर्नेछन्।