काठमाडौं । नेपालका अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन् । अशोक मलेसियाबाटै चार विश्व वरियता प्राप्त तेक्वान्दो प्रतियोगिताका लागि अस्ट्रेलिया जानेछन् ।
मलेसियाको प्रतियोगितामामा नेपाली खेलाडीले तीन स्वर्ण र एक रजत पदक जितेका थिए । पुरुष ४० केजीमुनिमा केनिश खड्का, ६६ केजीमुनिमा गोविन्द योञ्जन तामाङ र स्पिड किकमा आयुश बोहराले स्वर्ण पदक तथा ७४ केजीमुनिमा सन्दिप बस्नेतले रजत जितेका थिए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
