काठमाडौं । बेलायती स्टार एन्डी मुरेले सन् २०२४ को पेरिस ओलम्पिकपछि टेनिसबाट संन्यास लिने घोषणा गरेका छन् ।
३७ वर्षीय मरेले पेरिसमा पुरुष एकल र युगलमा प्रतिस्पर्धा गर्नेछन् । दुई स्वर्ण विजेता मरेका लागि यो पाँचौं ओलम्पिक सहभागिता हुनेछ ।
सन् २००८ मा पहिलो पटक ओलम्पिक खेलेका मरेले सन् २०१२ र २०१६ मा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका थिए ।
‘मेरो करिअरको अन्तिम टेनिस प्रतियोगिताको लागि पेरिस आइपुगे,’ मरेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई मनपर्ने खेलबाट टाढिने निर्णय लिनु सहज छैन । तर अब म यसलाई निरन्तरता दिन सक्दिन । शरिरले पनि साथ दिने छैन ।’
तीन पटकका ग्रान्डस्लाम विजेता मरेले सन् २०१९ मा हिपको शल्यक्रिया गराएका थिए । त्यसयता उनी खासै कोर्टमा देखिएका थिएनन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO