चैत्र ८, २०८२ आइतबार | ०८:५७:२६
पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई

सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा चार टिमले सहभागिता जनाउने भएका छन् ।  

लिगमा सायम सुपर किङ्स, सायम च्यालेन्जर्स, सायम ब्लास्टर्स र सायम नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

लिग फागुनको अन्तिम साता हुने आयोजक सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । चारै टिममा सायममा बिबीए, बिसीएसआइटी र एमबिएमा अध्ययनरत विद्यार्थी रहने छन् ।

एक टिम खरिद गर्न सम्बन्धितले अधिक्तम १ लाख खर्च गर्नु पर्नेछ । खेलाडीलाई दुई समूहमा वर्गीकरण गरिने छ । ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्युनतम ५ हजार देखि अधिक्तम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्युनतम ५ हजार देखि अधिक्तम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी समावेश गर्नु पर्नेछ ।

पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी  छन् ।

खेल १५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।

सायम च्यालेन्जर्सले सर्वाधिक दुई पटक उपाधि जितेको छ । च्यालेन्जर्स पहिलो र तेश्रो संस्करणको उपाधि विजेता हो । दोश्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो