आश्विन ३, २०८१ बिहीबार | ०७:०८:१४
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित

ब्रिटिस कप अन्तर कलेज फुट्सल आइतबारबाट

काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा आइतबारबाट अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

सन् २०१८ देखि प्रत्येक वर्ष गरिँदै आएको ब्रिटिस कप अन्तर कलेज फुटसल प्रतियोगिताको पाँचौं संस्करण बालुवाटारको धुकु  स्पोर्टस हबमा आइतबार सुरु भएर तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले गर्न लागेको प्रतियोगितामा विभिन्न कलेजका गरि कुल १९ टोलीले उपाधिका लागि लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा आइएसएमटी कलेज, सनवे कलेज, काठमाडौं विश्वविद्यालयको ‘ए’ र ‘बी’ टिम तथा द वेस्टमिनिस्टर कलेज छन् । यसैगरी समूह ‘बी’ मा आयोजक द ब्रिटिस कलेजको ह्वाइट र ब्लु टिम, आइआइएमएस कलेज र न्याथम कलेज छन् ।

समूह ‘सी’ मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज छन् भने समूह ‘डी’ मा भेदास कलेज, ब्रिटिस प्रोफेसनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर छन् ।

प्रतियोगितालाई हस्पिटालिटी पार्टनरका रुपमा गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनरका रुपमा ह्याम्स हस्पिटल, ट्राभल पार्टनरका रुपमा स्वा होलिडेज, र प्रिन्टिङ पार्टनरका रुपमा हलफ्याक्सले साथ दिएको आयोजकले जानकारी गराएको छ । त्यस्तै, द वेस्टमिनिस्टर कलेज, विराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेका छन् ।

प्रतियोगिताको विजेताले पुरस्कारस्वरुप नगद एक लाख रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र फेयर प्ले टिमलाई १० हजार रुपैयाँका दरले पुरस्कार पाउने ब्रिटिस कलेजले जनाएको छ ।

आयोजक ब्रिटिस कलेजका मार्केटिङ प्रमूख अमरदीप मण्डलले विद्यार्थीबीचमा टिम भावना र खेल भावनाको प्रवर्धन गर्ने उद्देश्यमा आयोजित प्रतियोगितालाई पाँचौं संस्करणसम्म पुर्याउँन पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।

उनले भने, ‘हामीले प्रत्येक वर्ष प्रतियोगितालाई परिस्कृत गर्दै लगेका छौं । प्रतियोगिता आयोजनाको लागि सहयोग गर्नुहुने सबै प्रायोजक, सहभागी टिम र ब्रिटिस कलेजका सहकर्मीहरूलाई म धन्यवाद दिन चाहन्छु ।’


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024