आश्विन ३, २०८१ बिहीबार | २१:२६:१९
रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन विजयी यात्रा जारी राख्ने लक्ष्यमा पुलिस रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन विजयी यात्रा जारी राख्ने लक्ष्यमा पुलिस

सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने

काठमाडौं । युरोपियन क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ २०२४/२५ सिजन गएरातिबाट सुरु भइसकेको छ ।

पहिलो दिन उपाधिको मुख्य दाबेदार मानिएको रियाल मड्रिडले भिएफबी स्टुटगार्टमाथि ३-१ को जित दर्ता गराउँदा बायर्न म्युनिखले डिनामो डिनामो जाग्रेबलाई ९-२ को फराकिलो अन्तरमा हरायो । यसैगरी लिभरपुलले एसी मिलानमाथि ३-१ तथा स्पाेर्टिङ लिस्बनले लिलमाथि २-० को जित हासिल गरे ।

त्यस्तै युभेन्टसले पिएसभी आइन्डहोभनलाई ३औ१ तथा एस्टन भिल्लाले योङ ब्वाइजलाई ३औ० को नतिजामा हराए ।

नयाँ पद्धतिअनुसार यसपालीदेखि च्याम्पियन्स लिगमा सहभागी सबै ३६ टिम एउटै समूहमा हुनेछन् । जहाँ प्रत्येक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार गरि समूह चरणमा आठ खेल खेल्नेछन् । तर ति खेल फरक विपक्षीविरुद्ध हुनेछन् ।

समूह चरणका शीर्ष आठ टोली सोझै अन्तिम १६ प्रवेश गर्नेछन् । नवौं देखि २४औं स्थानमा टिमले एउटा नकआउट प्लेअफ खेल्नेछन् । जहाँका विजेता अन्तिम १६ मा पुग्नेछन् । २५ देखि ३६औं स्थानमा सीमित हुने टिम भने प्रतियोगिताबाट बाहिरिनेछन् ।

एउटा सुपरकम्प्युटरले विश्वकै क्लब फुटबलमा सबभन्दा आकर्षक प्रतियोगिताको रुपमा रहेको च्याम्पियन्स लिगको जारी सिजनमा समूह चरणदेखि फाइनलसम्मको नतिजा अनुमान गरेको छ ।

पछिल्ला दुई सिजनका च्याम्पियन रियाल मड्रिड र म्यानचेस्टर सिटीलाई नै यसपाली पनि उपाधिको मुख्य दाबेदारका रुपमा लिइएको छ । रियाल र सिटीपछि आर्सनल, बायर्न म्युनिख र लिभरपुल सम्भावित विजेताका रुपमा लिइएका टिम हुन् ।

ग्रसभेनर स्पोर्टस सुपरकम्प्युटरले रियाल समूह चरणबाट शीर्ष टोलीका रुपमा अगाडि बढ्ने अनुमान गरेको छ । सुपरकम्प्युटरको अनुमानमा आश्चर्यजनक रुपमा सिटी समूह चरणमा पाँचौं हुने उल्लेख छ । इन्टर मिलान, बायर्न र बार्सिलोना क्रमषः दोस्रो, तेस्रो र चौथो हुने अनुमान छ । एस्टन भिल्लाले सातौं स्थान हासिल गर्ने अनुमान छ भने शीर्ष आठमा एट्लान्टा र एट्लेटिको मड्रिड पनि पर्ने बताइएको छ ।

सुपरकम्प्युटरको अनुमानअनुसार आर्सनल १०औं तथा लिभरपुल १८औं हुने बताइएको छ । बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुसन १५औं तथा पिएसजी २४औं हुने अनुमान छ ।

नकआउट चरणमा सिटीले क्वार्टरफाइनलमा बार्सिलोनालाई हराउँदै आरबी लाइपजिगविरुद्धको सेमिफाइनल भिडन्त पक्का गर्ने सुपरकम्प्युटरको अनुमान छ ।

यसैगरी आर्सनल भने क्वार्टरफाइनलमा लिभरपुलसँग पराजित हुने र सेमिफाइनलमा लिभरपुललाई रियाल मड्रिडले हराउने भविश्यवाणी गरिएको छ ।

फाइनलमा साविक विजेता रियाल र प्रिमियर लिगको च्याम्पियन सिटीबीच प्रतिस्पर्धा हुने अनुमान छ । जहाँ सिटीमाथि जित हासिल गर्दै रियालले च्याम्पियन्स लिगमा आफ्नो दबदबा थप बलियो बनाउने भविश्यवाणी छ ।

सुपरकम्प्युटरले प्रत्येक टिमको वर्तमान अवस्था, उपलब्ध खेलाडीको विशेषता, खेलाडी र टिमको फर्म, सामना गर्नुपर्ने विपक्षीलगतयतका विषयमा जम्मा पारिएका तथ्यहरुका साथै सट्टेबाजी बजारमा प्रत्येक खेलका लागि तोकिएका ‘अड’ (दुई टिमका लागि तोकिएको मुल्य) का सबै तथ्य विश्लेषण गरेर भविश्यवाणी गर्छ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024