पुस ३, २०८२ शुक्रबार | १४:४९:५९
१४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार

भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा

एकेडेमीको उद्घाटन गरिँदै ।

भैंसेपाटी । ललितपुर महानगरपालिका-२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोर्टस एकेडेमीको सुरुआत भएको छ । 
शुक्रबार उद्घाटन भएको एकेडेमीमा ब्याडमिन्टन, साउना, स्टिम लगायत सुविधा उपलब्ध छ । 

एकेडेमीको उद्घाटन ललितपुर महानगरका वडा नं १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा गरे । एकेडेमीमा १३ जना शेयर सदस्य छन् ।

करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा दुई ब्याडमिन्टन कोर्ट छन् । कोर्टभित्र फिटनेशका विभिन्न सामाग्री राखिएको छ । 

कोर्टमा आवश्यकता अनुसार टेबलटेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिए । उनले सैंबु, भैसेपाटी, बुंगमति र खोकना क्षेत्रका वासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमी सञ्चालमा ल्याएको बताए ।

एकेडेमीको उद्घाटन कार्यक्रममा उपस्थितहरू । 
 

पैसा कमाउने उद्देश्यले नभएर व्यक्तिलाई स्वस्थ बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको अध्यक्ष थापाले बताए । ३ करोड ५० लाख रुपैयाँ लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे २ करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको थापाले जानकारी दिए ।

पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले ब्यायमका लागि मात्र नभएर नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले अन्तराष्ट्रिय स्तरको सबै मापदण्ड पुरा गरेर कोर्ट बनाएको भन्दै प्रशंसा गरे  ।  

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठले प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीसँग सहकार्य गर्न तयार रहेको बताए ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team