चैत्र १७, २०८२ मंगलबार | ०३:३२:३०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा

एकेडेमीको उद्घाटन गरिँदै ।

भैंसेपाटी । ललितपुर महानगरपालिका-२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोर्टस एकेडेमीको सुरुआत भएको छ । 
शुक्रबार उद्घाटन भएको एकेडेमीमा ब्याडमिन्टन, साउना, स्टिम लगायत सुविधा उपलब्ध छ । 

एकेडेमीको उद्घाटन ललितपुर महानगरका वडा नं १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा गरे । एकेडेमीमा १३ जना शेयर सदस्य छन् ।

करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा दुई ब्याडमिन्टन कोर्ट छन् । कोर्टभित्र फिटनेशका विभिन्न सामाग्री राखिएको छ । 

कोर्टमा आवश्यकता अनुसार टेबलटेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिए । उनले सैंबु, भैसेपाटी, बुंगमति र खोकना क्षेत्रका वासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमी सञ्चालमा ल्याएको बताए ।

एकेडेमीको उद्घाटन कार्यक्रममा उपस्थितहरू । 
 

पैसा कमाउने उद्देश्यले नभएर व्यक्तिलाई स्वस्थ बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको अध्यक्ष थापाले बताए । ३ करोड ५० लाख रुपैयाँ लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे २ करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको थापाले जानकारी दिए ।

पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले ब्यायमका लागि मात्र नभएर नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले अन्तराष्ट्रिय स्तरको सबै मापदण्ड पुरा गरेर कोर्ट बनाएको भन्दै प्रशंसा गरे  ।  

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठले प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीसँग सहकार्य गर्न तयार रहेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो