माघ १६, २०८२ शुक्रबार | ०३:५७:२७
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन

प्रतियोगिताका पदक विजेता ।

काठमाडौं।  स्वस्तिश्री गुरुकुल स्कुल टुसाल विद्यालयस्तरिय पौडी प्रतियोगिताको तेस्रो संस्करणमा च्याम्पियन बनेको छ ।

तार्केश्वर नगरपालिका-८ स्थित आयोजक टुसाल मल्टिभेन्युको पौडी पोखरीमा बिहीबार सम्पन्न प्रतियोगितामा स्वस्तिश्रीले तीन स्वर्ण र एक कांस्य पदक जित्यो ।

२५ मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सिनियर ब्वाइजतर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दुरी १५.०६ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जिते । ओमेगा इन्टरनेसनलका एरिक कर्माचार्यले रज तथा स्वस्तिश्रीका कृत्ज्ञ कोजुले रजत पदक हात पारे । 

सोही गर्ल्सतर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठ स्वर्ण पदक चुमिन् ।  उनले निर्धारित दुरी १८.०६ सेकेन्डमा परा गरिन् ।संस्कृत इन्टरनेसनलकी प्रिन्सा कार्की रजत र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले कांस्य पदक प्राप्त गरे । 

 जुनियर ब्वाइजमा स्वस्तीश्री गुरुकुलका आर्थव महर्जन १६.३९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जिते । समृद्धी स्कुलका दिव्यांशु प्रजापतीले रजत र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारीका कांस्य पदक प्राप्त गर्न सफल भए ।  

जुनियर गर्ल्समा पनि स्वस्तीश्री गुरुकुलकी एजला रन्जित स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित दुरी १७.०५ सेकेन्डमा पुरा गरिन्। उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो स्थान हासिल गरे ।

विजेता खेलाडीलाई टुसाल मल्टिभेन्यु प्रालिका एमडी दिपेन्द्र थापाले मेडल ट्रफी र सम्मान पत्रसहित पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा ४० विद्यालयका ६३ ब्वाइज र २८ गर्ल्स गरि ९१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष विजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ तथा विशेष अतिथि तारकेश्वर नगरपालिका-८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिती थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।