चैत्र १४, २०८२ शनिबार | १६:५७:५५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अन्तर विद्यालय स्केटटिङः श्री शिव च्याम्पिययन

काठमाडौं । अन्तरविद्यालय स्केटिङ प्रतियोगितामा श्री शिव निर्सिङ शिक्षालय च्याम्पियन बनेको छ ।

स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा श्री शिवले ६ स्वर्ण र दुई कांस्य पदक जित्यो ।

६ वर्षमुनि उमेर समूहको छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी अमग्या श्रेष्ठ , ज्ञान संस्कार स्कुलकी स्वरा खनाल र श्री शिव नर्सिङ शिक्षालयकी आरभी प्रजापतीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

यही समूहको छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका साम्राज्यजंग कुँवर, अलकापुरीका निर्मल श्रेष्ठ, श्री शिव नर्सिङ शिक्षालयका अद्वैत एम.खरेल शीर्ष तीनमा रहेका थिए ।

त्यसैगरी ६ देखि ८ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कष्वी भट्टराई, आंसा थापा मगर र सरिन भुसाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यही समूहको छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका निभान राणा, श्री शिव नर्सिङ शिक्षालयकै केन्जो राई र स्वस्तिश्रीका स्कुलका आरोहण श्रेष्ठले  क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा रहे ।

त्यसैगरी ८ देखि १० वर्ष समूहका छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी जियाना अर्याल र जुनी बुढा तथा छात्रतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राटविक्रम चन्द, निर्विज्ञरत्न बज्राचार्य, समन पाण्डे शीर्ष तीनमा रहे ।

१० देखि १२ उमेर समूहका छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, स्नेह पाण्डे र स्वस्तिश्रीकी नमिसा श्रेष्ठ तथा छात्रतर्फ विल्सन एकेडेमीका नवदीप लामा, ब्राइट फ्युचरका दिपर्सन थापा  विल्सन एकेडेमीकै अभिषेक लामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

१२ देखि १४ उमेर समूहमा छात्रातर्फ स्वस्तिश्री गुरुकुलकी स्कुलकी इशानी श्रेष्ठ, अलकापुरी बिद्यालयकी सुबानी महर्जन र स्वस्तिश्रीकी अनुप्रिया तण्डुकार शीर्ष तीनमा रहेका थिए । 

यही समूहको छात्रतर्फ ओलिभ स्केटिङ क्लबका आर्थ बोहोरा, केएमसी विद्यालयका सिधान्त कन्दोई, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

१४ देखि १६ समूहमा छात्रातर्फ स्वस्तिश्री गुरुकुलका सुनिचा भु र रिभा महर्जन पहिलो र दोस्रो स्थानमा रहे ।

१० वर्षमुनिको स्केट म्याराथन छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामांङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कश्भी भट्टराई तथा छत्रतर्फ स्वस्तिश्रीका शिशिर गौतम, ज्ञान संस्कार इन्टरनेसनल स्कुलका आरोहण श्रेष्ठ र रहिश खड्गीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

म्याराथन १४ वर्षमुनि छात्रातर्फ अलकापुरी बिद्यालयकी सुभानी महर्जन, स्वस्तिश्री गुरुकुल आई।बी।वल्र्ड स्कुलकी नमिसा श्रेष्ठ र इशानी श्रेष्ठ तथा छात्रतर्फ ओलिभ स्केटिङ क्लबका आर्थ बोहोरा, हिमालय ह्वाइट हाउसका श्रीवस्त श्रेष्ठ, विल्सन एकेडेमीका हयाप्पी श्रेष्ठ शीर्ष तीनमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो