मंसिर ६, २०८१ बिहीबार | १४:२९:२०
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

बिएम कप क्रिकेट हुने

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक तथा क्रिकेट संघका अधिकारीहरु । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजबीच प्रतिस्पर्धा गराइने टियु बिएम कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट मुलपानी क्रिकेट रंगशालामा सुरु हुने भएको छ ।

चार दिन चल्ने प्रतियोगितामा आठ टिमले २० ओभरको स्वरुपमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल कमर्स क्याम्पसको आयोजनामा हुने प्रतियोगिता नकआउट प्रणालीमा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयसँग आबद्ध आयोजक नेपाल कमर्स क्याम्पस, संकरदेव क्याम्पस, किस्ट कलेज, केसीएमआइटी, मेची बहुमुखी क्याम्पस, आइएमएस कलेज, सेन्ट जेभियर्स कलेज र अर्किड इन्टरनेसनल कलेजको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताको भागमा २० हजार रुपैयाँ पर्नेछ । यसैगरी उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र म्यान अफ दी सिरिजको पुरस्कार पनि राखिएको छ ।

व्यक्तिगत विधामा उत्कृष्ट घोषित हुने बलर, ब्याटर र म्यान अफ दी सिरिजले ग्रेट हिमालयन क्रिकेट एकेडेमी हात्तीबनमा तीन महिना निशुल्क प्रशिक्षणको मौका पाउने आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगिताबारे जानकारी गराउन पत्रकार सम्मेलनमा आयोजक क्याम्पसका प्रमूख ध्रुव सिलवाल, बिआइएमका सह निर्देशक सूर्यदेव देवकोटा, नेपाल क्रिकेट संघका कार्यकारी सदस्य सुदीप शर्मा, क्रिकेट अम्पायर रविन्द्र गुप्ता र प्रतियोगिता व्यवस्थापनको जिम्मा लिएको एमसिडीका प्रवन्ध निर्देशक सुनील थापाको उपस्थिती थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin