काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब टोटहमले आफ्ना मिडफिल्डर रोड्रिगो बेन्टेनचरविरुद्ध लागेको प्रतिबन्धकोविरुद्धमा अपिल गरेको छ ।
द फुटबल एसोसिएसन (एफए) ले जातिवादी टिप्पणी गरेका कारण बेन्टेनचरमाथि सात खेलको प्रतिबन्ध लगाएको छ । यसैगरी बेन्टेनचरलाई १ लाख पाउन्ड जरिवाना पनि लगाइएको छ ।
उरुग्वेका बेन्टेनचरले आफ्नो गल्ती स्विकार गरिसकेकाले यती कडा कराबाही गर्न नहुने टोटनहमको तर्क छ ।
उरुग्वेका बेन्टेनचरले एक टेलिभिजन कार्यक्रमका दौरान आफ्ना सहकर्मी सन ह्युन मिनलाई लक्षित गर्दै जातिवादी टिप्पणी दिएका थिए ।
बेन्टेनचरले आफ्नो गल्ती स्विकार्दै दक्षिण कोरियका ह्युन मिनसँग माफी पनि मागिसकेका छन् ।
अपिलको सुनावाइ आफ्नो पक्षमा नभए बेन्टेनचरले म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीविरुद्ध प्रिमियर लिग तथा म्यानचेस्टर युनाइटेडविरुद्ध काराबाओ कप क्वार्टरफाइनल गुमाउने छन् ।
बेन्टेनचर अपिलको सुनुवाइ हुँदासम्म भने निलम्बनमा रहने छन्।