काठमाडौं । ब्लु स्टारले नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजलाई मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।
बुधबार घरेलु सामाग्री उत्पादक ब्लु स्टारका प्रतिनिधी प्रतिक पन्त र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ओजस्वी इलेक्ट्रोनिक्स प्रालीका अध्यक्ष पनि रहेका प्रतिनिधि पन्तले चितवनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
यस्तै चितवनका अध्यक्ष न्यौपानेले यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन मदत गर्ने बताए ।
चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन् । टोलीले नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।