काठमडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदुरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले ‘टेलिकम पार्टनर’ का रूपमा साथ दिने भएको छ ।
सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरे ।
सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिए ।
प्रबन्ध निर्देशक पहाडीले सुदूरपश्चिमाञ्चल रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) सँग ‘एजुकेसन’, कुमारी जबसँग ‘करिअर’ तथा म्यारियट होटलसँग ‘हस्पिटालिटी पार्टनर’ का रूपमा सम्झौता गरिसकेको छ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । यसैगरी टोलीले जगत टमाटा
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।