काठमाडौं । एसिसी यु-१९ एसिया कपको तयारीमा रहेको नेपाल चौथोएकदिवसीय अभ्यास खेलमा मंगलबार कर्नाटकाविरुद्ध पाँच विकेटले पराजित भएको छ ।
कर्नाटकाको जितसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा आएको छ । यसअघि कर्नाटका एक विकेट तथा नेपाल सात विकेट र १२१ रनले विजयी भएका थिए । पाँचौ तथा अन्तिम खेल अन्तिम खेल बिहीबार हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १०६ रनको लक्ष्य कर्नाटकाले ३७ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
कर्नाटकाका लागि अक्षथ प्रभाकर र शिवले समान २४, कप्तान रोहितले २० र प्रतिकले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन तथा राजेश यादव र विपिन महतोले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमासबै विकेट गुमाउँदै १०५ मात्र रनको योगफल तयार पार्यो ।
नेपालका लागि रोशन विकले अविजित ३४ र मायन यादवले ३४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्नाटकाका लागि अक्षथ प्रभाकरले एक मेडनसहित २४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी प्रनव आश्वथले तीन तथा इसा पुथिगे र मालातेशले समान एक विकेट लिए ।