पुस ८, २०८२ बुधबार | ०६:५६:०५
एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने

सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी

धर्नामा बसेका अभिभावक ।

काठमाडौं । सिन्नेरी घटानका पीडित परिवारले न्यायको माग गर्दै बिहिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालाबन्दी गरेका छन् ।

गत असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडमीबाट सुरक्षित स्थानमा सर्नेक्रममा पहिरोमा परि ६ जना बालकले ज्यान गुमाएका थिए ।

घटनामा परि प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाखी र विवश बानिँयाको मृत्यु भएको थियो ।

सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा थुप्रै लापरवाही भएको र त्यही लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरु पनि आइरहेका थिए ।

संघीय संसद चलेको थिएन । तथापि समितिमार्फत यो घटनामाथिको छलफल संसदसम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तिमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरुले झण्डै दुई महिनाको समय खर्चिए ।

यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए ।

बराम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले एन्फा मुख्यालयमा ताला लगाएका हुन् । अभिभावक अहिले एन्फा मुख्यालयको मुख्य प्रवेशद्धार अगाडि धर्नामा बसेका छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I