काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोलीले आफ्नो ‘आइकोनिक प्लेयर्स’ छनोट गरेका छ ।
विराटनगरले ‘ट्यालेन्ट हन्ट’बाट फिर्दोस अन्सारी, कमल खत्री र सुजन थपलियालाई छनोट गरेको जानकारी दियो । तीनै खेलाडीले कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
विराटनगरले युवा प्रतिभा छान्न कोशी प्रदेशका पाँच जिल्लामा ‘ट्यालेन्ट हन्ट’ गरेको थियो । ‘ट्यालेन्ट हन्ट’मा ४०० भन्दाबढिले नाम दर्ता गराएका थिए ।
ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलर सन्दीप लामिछाने छन् । टोलीले आयरल्यान्डका केविन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।