तेक्वान्दो

तेस्रो मेयर कप तेक्वान्दो शुक्रबारदेखि

सांकेतिक तस्बिर

काठमाडौं ।  जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।


प्रतियोगितामा आयोजकको दुई तथा १८ नगरपालिकाका गरी २० टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले बताए । प्रतियोगितामा चार सय खेलाडीको सहभागिता रहने छ ।


गेरोगीमा १६ तथा पुम्सेमा चार गरी जम्मा २० स्पर्धामा खेल हुनेछ । उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । दुई दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।