वैशाख २९, २०८२ सोमबार | ००:४९:३०
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

आइटिएफमा आर्मीलाई सात स्वर्ण

पोखरा । बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ ।

एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।

पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् ।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् ।

पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए ।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् ।

प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो ।

‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने ।

‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् ।

अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् । 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP