वैशाख २९, २०८२ सोमबार | ००:३६:५४
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

अदालतको आदेश अवज्ञा गर्दै तेक्वान्दो

पोखरा । बृहत नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो शुक्रबारदेखि सरु भएको तेक्वान्दोले उच्च अदालत पाटनको अवज्ञा गरेको छ । नवौं राष्ट्रिय खेलकुदका लागि वर्ल्ड तेक्वान्दो फेडेरसन (डब्लुटिएफ)को मान्यता प्राप्त नेपाल तेक्वान्दो संघले खेलाडी छनोट गरेको थियो ।

तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल तेक्वान्दो संघको बाघी संगठनकोरुपमा रहेको नेपाल तेक्वान्दो युनियनलाई फेरि खेलाडी छनोट गराएको थियो । त्यसपछि नेपाल तेक्वान्दो संघले उच्च अदालत पाटनमा त्यसको विरुद्धमा मुद्दा हालेका थिए ।

उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो तर, त्यसको बेवास्ता गर्दै राखेपले तेक्वान्दो युनियनले नै छनोट गरेका खेलाडी समावेश गरेर प्रतियोगिता गरिहेको छ ।

यसो हुँदा ४० वर्षदेखि नेपालमा तेक्वान्दोमा योगदान गरिरहेको संघको अपमान मात्र नभई बास्तविक खेलाडीलाई समेत आफ्नो अधिकारबाट वञ्चित गरिएको नेपाल तेक्वान्दो संघका एक पदाधिकारीले बताए ।

‘नेपाल तेक्वान्दो संघले ४० वर्षदेखि योगदान गरिरहेको छ, राखेपको यो कदमले त्यसको अपमान एवम् तिरस्कार भएको छ,’ ती पदाधिकारीले खेलाडीसँग भने, ‘त्यति मात्रै होइन, मूलधारको तेक्वान्दो र त्यसबाट छनोट भएका खेलाडीलाई नै राष्ट्रिय खेलकुद जस्तो मञ्चबाट वञ्चित गर्नु स्वीकार्य हुँदैन । राखेपले हाम्रो मात्रै होइन, अदालतको समेत अवहेलना गरेको छ । यो राजनीति बलका आधारमा भएको ज्यादती हो । यसले तेक्वान्दोको मूल मर्ममाथि नै अन्याय गरेको छ ।’

यद्यपि, राखेपको प्राविधिक समितिले भने अदालतको आदेशबारे जानकारी नभएको बताएको छ ।

‘हामीलाई अदालतको आदेशको जानकारी छैन । त्यस्तै कुनै आधिकारिक पत्र पनि पाएका छैनौं,’ प्राविधिक समितिका एक सदस्यले भने, ‘त्यसैले हामीले केही गर्न नमिल्ने भएकाले पूर्व निर्धारित योजना अुनसार नै खेल भइरहेको छ ।’

तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका एक खेलाडीलेसमेत राजनीतिका कारण बाहिर परेको बताए ।

‘तेक्वान्दोमा राजनीति भयो, हामीले खेल्न पाएनौं, छनोट हुन नसकेर खेल्न नपाएको भए चित्त बुझ्थ्यो,’ ती खेलाडीले खेलाडी डटकमसँग भने, ‘तर, छनोट भएर तयारी अवस्थामा थियौं । राजनीतिले हामीलाई वञ्चित गराइयो । राष्ट्रिय खेलकुद भनेको हरेक खेलाडीको सपना हुन्छ नि, तर खै के भनौं र…’

शुक्रबारदेखि म्याग्दीमा जारी तेक्वान्दोको पुरुष तथा महिला पुम्सेको खेल भएको थियो । पुरुषतर्फ कमल श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP