टेक्निकल सेमिनार

काठमाडौं जिल्ला आइटिएफ सेमिनार सम्पन्न

काठमाडौं ।  जिल्ला तेक्वान्दो संघ काठमाडौं आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बागमती प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको थियो ।

बागमतीबाट कुल २५ जना खेलाडीले नवौंमा प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं जिल्लाका थप २५ जना खेलाडीलाई पनि टेक्निकल सेमिनार प्रदान गरिएको थियो ।

उनिहरूलाई सिनियर प्रशिक्षक उमेश राजथला र शंकरदेव श्रेष्ठले प्रशिक्षण दिएका थिए । काठमाडौं जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीलाई काठमाडौंले जिल्लाले सम्मान पनि गरेको थियो । प्रमुख अतिथि नेपाली कांग्रेसका काठमाडौं जिल्ला क्षेत्र नम्बर पाँच प्रदेश ‘ख’ का सभापति राजु खड्काले टेक्निकल सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र र सम्मानित खेलाडीलाई सम्मान गरे ।

सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशबाट छनोट भएका खेलाडीलाई बधाइ दिँदै राष्ट्रिय खेलकुदमा उच्च प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताए । साथै उनले खेलाडीहरू देशको भविष्य समेत रहेकाले कडा मिहिनत गर्दै अनुशासित तवरले खेल्न आग्रह गरे  ।