अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा चन्दुलाई स्वर्ण

काठमाडौं । नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् ।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् ।

६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् । ६.२५ अंक साथ अस्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी तेश्रो भए ।