नेपाल तेक्वान्दो संघ

चैतमा तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत २९ गते प्रथम एनटिए खुला पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जनाकारी गराएको हो ।

खेलकु विकास ऐन २०७७ मा संघहरुले प्रत्येक वर्ष प्रतियोगिता गर्नु प्रावधान रहेकाले नेपाल तेक्वान्दो संघले सोही अनुरुप यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष भक्तबहादुुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजना समिति गठन गरिएको छ । समितिको संयोजकमा संघका केन्द्रिय सदस्य बब्लु सिवाकोटी छन् ।

प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहका ३५ विधामा प्रतिस्पर्धा हुनेछ । करिब तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका लागि नौ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

आयोजकले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई  राष्ट्रिय टोलीको तयारीमा समावेश गराउने योजना रहेको बताएको छ ।