स्ट्याग ग्लोबल टेबल टेनिस लिग

स्ट्याग ग्लोबल टेबल टेनिसः कान्तिपुर शीर्ष स्थानमा

काठमाडौं । कान्तिपुर भ्याली पिङपोङ क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपको दोश्रो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अंक जोडेको छ । आयोजक स्ट्याग ४३ तथा नेपाल प्रहरी क्लब ४१ अंकसाथ क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् ।

नेपाल एपिएफ क्लबले ३१, गोड स्पिन टेबल टेनिस एकेडेमीले २९, एभिएम टेबल टेनिस क्लबले २६, नेपाल आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लबले १० र नगाउँ स्पोर्टस क्लबले आठ अंक जोडेका छन् ।