चैत्र ८, २०८२ आइतबार | ०४:५१:२२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय पौडी प्रतियोगिताः निसर्ग बाटिका टिम च्याम्पियन

सातदोबाटो । निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा निसर्ग कुल १ सय ४८ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।

 दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा रहेको काठमाडौं वर्ल्ड स्कुलले २६ अंक प्राप्त गरे ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको खुल्लातर्फ २ सय  मिटर फ्रिस्टायलमा अथर्व सिंहले स्वर्ण जिते । उनले २ मिनट ५.२७ सेकेन्डमा दुरी पुरा गरेका हुन् । दोश्रो स्थानमा निसर्गका सुविज्ञ मान तुलाधर र तेश्रो स्थाना निसर्गकै सनिल कुमार थापा मगर रहे ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमालले ३१.३९ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारे । दिपंकर अवालेले रजत र प्रिमियरका इरभिन श्रेष्ठले कांस्य पदक जिते ।

पुरुष १ सय मिटर ब्याकस्ट्रोकमा १ मिनट ४.०३ सेकेन्डका साथ निसर्ग बाटिकाका जाडेन श्रेष्ठले स्वर्ण हात पारे । दोश्रो स्थानमा अथर्व सिंह र तेश्रो स्थानमा आरोन भण्डारी रहे ।

पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा दिपंकर अवालेले स्वर्ण जिते । विकास कुमालले रजत र अथर्व सिंहले काँस्य पदक पाए ।

पुरुषको ५० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजलकाजी ताम्राकारले २४.३९ सेकेन्डका साथ व्यक्तिगत तेश्रो स्वर्ण हात पारे । उनले प्रतियोगिताको पहिलो दिन दुई स्वर्ण जितेका थिए । प्रिमियरका इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांस्य पदक जिते ।

महिला १ सय  मिटर बटरफ्लाईमा मेगन गुरुङले १ मिनट १७.२८ सेकेन्डका साथ स्वर्ण जितिन् । स्वस्तीश्रीकी आहना मर्जनले रजत र लिटल एन्जल्सकी काभ्या श्रेष्ठले कांस्य पदक प्राप्त गरे  ।

महिला १ सय मिटर फ्रिस्टायलमा स्वस्तीश्रीकी अनुसिया तण्डुकारले १ मिनट २.८९ सेकेन्डयका साथ स्वर्ण हात पार्दा मेगन गुरुङले रजत र प्रिमियरकी रोशा न्यौपानेले कांस्य पदक जिते ।

महिला ५० मिटर बटरफ्लाईमा ३२.५२ सेकेन्डको समय निकाल्दै प्रिमियरकी रोशा न्यौपानेले स्वर्ण जितिन् । मेगन गुरुङले रजत हात पार्दा सेन्ट मेरी स्कुलकी देभान्सी जोशीले कांस्य पदक हात पारे ।

महिला ५० मिटर ब्रेकस्ट्रोकमा आर्या महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३४.५४ सेकेन्ड समयमा पुरा गरिन् । निसर्गकी बैनभी श्रेष्ठले रजत र मिल्सवेरीकी सिसोम्बुन राईले कांस्य पदक जिते ।

विजयी खेलाडीलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १३ स्कुलको सहभागिता थियो ।

अजललाई ५ हजार नगद सहित सम्मान
२६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूहमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल स्वस्तीश्री गुरुकुलका अजल काजी श्रेष्ठले नेपाल पौडी संघद्वारा राष्ट्रिय किर्तिमान कायम गरे वापत प्रदान गर्ने नगद ५०० हजारले सम्मान गरेको छ । उनलाई प्रमुख अतिथी ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले पुरस्कृत गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो