चैत्र १३, २०८२ शुक्रबार | ०२:१९:२३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने

काठमाडौं । दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।

टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जानकारी दिएको हो । प्रतियोगिता तार्केश्वर-८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रविनमान सिंह बस्नेतले बताए ।

प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २१ स्कुलले सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टोलीले लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ । अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।

यसअघि गत वर्षको जेठ १९ गते मल्टिभेन्युले पहिलो संस्करणको आयोजना गरेको थियो। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो