साहारा खतिवडा

हक्की खेलाडी साहारालाई डेंगु पोजिटिभ

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशबाट महिला हक्की खेलिरहेकी साहारा खतिवडालाई डेंगु संक्रमण देखिएको छ ।

शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका प्रशिक्षक राजन नेपालीले बताए ।

उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्कीस्थित घरमा आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउँदै दुई खेल जितेको छ । अव छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताइन् ।