वैशाख २६, २०८२ शुक्रबार | ०९:२३:१४
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

दिनेश सूर्य नेपाल एनपिजीए म्याच प्लेको च्याम्पियन

काठमाडौं ।  सातौं वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजीए म्याच प्लेको च्यानम्पियन बनेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरीयताका रमेश अधिकारीलाई ७ः ६ ले हराउँदै दिनेश च्याम्पियन बनेका हुन्। उपाधिसँगै दिनेशले ६० हजार रुपैयाँ प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार  रुपैयाँ पाए ।

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा चार होलको अग्रता बनाएका थिए । १८ होलको समाप्तीमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे । खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाइ चार होलमा घटाएका थिए ।

दिनेशले २३ औं होल जित्दा रमेशले २४ औं र २५ औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे। तर २६ औं र २७ औं होल आफ्नो पक्षमा पार्दै दिनेशले पाँच होलको अग्रता बनाए। यसपछि दिनेशले २९ औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा गराएका हुन् ।

प्रतियोगितामा‌ आठौं  वरीयताका धनबहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि धनले प्ले-अफको पहिलो होलमा १०औं  वरीयताका  भुवन कुमार रोक्कालाई पराजित गरे। तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ प्राप्त गरे।

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरू, नेपाल नम्बर एक प्रो शुक्र बहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौं वरीयताका  रवी खड्काले समान ११ हजार  रुपैयाँ प्राप्त गरे।

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंक बहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीप कुमार लामा, सञ्जय लामा, सुर्य प्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६  हजार रुपैयाँ प्राप्त गरे।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख ५० हजार  थियो।

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुर राज अधिकारीले पुरस्कार वितरण गरे। सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२- २३ सिजनको चौंथो प्रतियोगिता सुर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP