सूर्य नेपाल गल्फ टुर

सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारबाट हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने भएको छ।

नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट सुरु हुने जानकारी दिएको हो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता धरानस्थित धरान गल्फ क्लबमा हुनेछ। प्रतियोगितामा  शुक्र बहादुर राई, भुवन नगरकोटी जयराम श्रेष्ठ,मणि राई, संजय लामा, धन थापा लगायत प्रो र एमेच्योर गल्फरको सहभागिता रहने छ।

विजेताले १ लाख ४० हजार,उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।  प्रतियोगिता आयोजनाका लागि ६० लाख भन्दा बढी खर्च हुने आयोजकले बताएको छ।