हुण्डाई खुला गल्फ प्रतियोगिता

हुण्डाई खुला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौं । हुण्डाई खुला गल्फ प्रतियोगिताको १०औं संस्करण शनिबार हुने भएको छ ।

गोकर्ण गल्फ क्लबमा आयोजना हुने प्रतिायोगिता १८ होलमा स्टेबल फोल्ड र ३/४ ह्याण्डीक्याप पद्दतिमा खेलाइनेछ ।

हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगितामा एक सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १० नम्बर होलमा ‘होल इन वन’ गर्ने खेलाडीले हुन्डाई गाडी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले आकर्षक पुरस्कार पाउने छन् ।

यसबाहेक, बेस्ट ग्रोस, महिला विजेता, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिज, सिनियर विजेता (६० वर्ष माथि), जुनियर विजेता (१७ वर्ष मुनी) र हुन्डाई ओनर्स बिजेताले पनि पुरस्कार पाउने छन् ।