वैशाख २६, २०८२ शुक्रबार | ०९:२७:०७
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

एनसेल बाह्रखरी गल्फ प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । बाह्रखरी मिडियाको आयोजनामा हुँदै आएको ‘एनसेल बाह्रखरी गल्फ’ को छैटौं संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा आयोजना हुने भएको छ ।

आयाेजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी बैशाख ९ गते हुने जानकारी गराएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने प्रतियोगितामा ब्यावसायिक घरानाका गल्फरले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताकाे विजेताले एक तोला सुनले बनेको गल्फ बलका साथै अन्य पुरस्कार प्राप्त गर्नेछन् । पत्रकार सम्मलेनकै अवसरमा  विजेताले प्राप्त गर्ने ‘गोल्डन बल’ पनि सार्वजनिक गरिएको थियाे । 

अन्य विभिन्न विधाका विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी कुनै प्रतियोगीले तोकिएको होनमा एकै सटमा लक्ष्य पूरा गरेको खण्डमा ‘होल इन वान’ पुरस्कारका रूपमा हुन्डाइ को भेन्यु गाडी प्राप्त गर्नेछन् ।

 गल्फरले  गल्कर्ण गल्फ क्लबकाे  १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले  समयको बचत गर्दछ ।

त्यसैले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि गल्फ प्रतियोगितासँगै आर्थिक परिसंवाद कार्यक्रम  पनि आयोजना गरिएकाे छ ।

आर्थिक परिसंवादु कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर, नेपाल उद्य वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद बैंकर, उ तहका कर्मचारी, व्यवसायीलगायतका करिब चार सय पाहुना सहभागी हुनेछन् ।

कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ भ विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।  

यो वर्ष आयोजना गरिएको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा गल्फ खेलाडीसहित करिब एक हजार पाँच सय पाहुना उपस्थित हुने अनुमान छ ।

एनसेलले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा विगत चार वर्षदेखि सहकार्य गर्दै आएको छ । एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल टुरिजम बोर्डले पनि सहकार्य गरेका छन् ।

त्यसैगरी ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छे बैंक, शिखर इन्स्योरेन्स सिटी एक्सप्रेस, बिएमडब्लू, प्रभु बैंक र फलानो लुगा प्रायोजकका रुपमा छन् ।

यो वर्ष बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रम गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्नका लागि बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य तथा गोकर्ण गल्फ कोर्सका निर्देशक दिपक आचार्यले सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए ।

यसअघि प्रतियोगिताका दुई संस्करण काठमाडौं तथा समान एक संस्करण सोलुखुम्बु, पोखरा र धरानमा सम्पन्न भएका थिए ।

 

 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP