चैत्र १८, २०८२ बुधबार | १५:१०:०१
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

एसियाली खेलकुदः बक्सिङमा चन्द्रकलाको यात्रा पनि पहिलो चरणमै सिमित

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालकी चन्द्रकला थापा पराजित भएकी छन् ।

हाङझाउ जिम्नाजियमा शुक्रबार महिला ५४-५७ केजीको प्रारम्भिक चरण (अन्तिम १६) मा चन्द्रकला थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५-० ले पराजित भइन् ।

यसअघि बिहिबार पुरुष ४७-५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविन थापाको यात्रा अन्तिम १६ मै सिमित बन्यो । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।

आइतबार महिला ५७-६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५-० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५-० ले तथा महिला ५०-५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५-० ले नै स्तब्ध बने ।

सोमबार महिला ६०-६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । सोही दिन  पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन ।

मंगलबार पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।

बुधबार महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । त्यस्तै पुरुष ५७-६३.५ केजीमा चाइनीज ताइपेका एनचु लालसँग ४-० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।

 बक्सिङमा नेपालबाट कुल १३ खेलाडीको सहभागिता थियो ।  अब नेपालको १ मात्र खेल बाँकी छ । शनिबार ६६-७५ केजीमा सरस्वती रानाले भियतनामकी क्युन दिम लुको सामना गर्नेछिन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो