चैत्र ७, २०८२ शनिबार | ०१:००:५०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

विदाइमा खेलाडी अनुपस्थित, संघको राजनीतिमा खेलाडी मुछ्दै नेतृत्व 

काठमाडौं, (खेलाडी) - लामो समयदेखि आन्तरिक शक्ति संघर्ष र राजनीतिको दुश्चक्र झेल्दै आएको नेपाली बक्सिङले बिहीबार राजनीतिको अर्को एउटा निकृष्ठ नमुना अनुभव गरेको छ ।

नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले विश्व च्याम्पियनसिप खेल्न जान लागेका नेपाली बक्सिङ खेलाडी तथा प्रशिक्षकको विदाइका लागि गरेको कार्यक्रममा खेलाडीकै उपस्थिती भएन । 

बक्सिङ संघका पूर्व महासचिव एवं लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङको अगुवाइमा आयोजित कार्यक्रममा विश्व च्याम्पियनसिप खेल्ने खेलाडी तथा प्रशिक्षकलाई ट्रयाकसुट दिएर विदाइ गर्ने र सोही कार्यक्रममार्फत पुरस्कार घोषणा गर्ने योजना बनाएको थियो । 

तर बक्सिङ संघका अध्यक्ष राम अवाले तथा मुख्य प्रशिक्षक प्रकाश थामा मगर लगायतका पदाधिकारीले विदाइ कार्यक्रममा नजान उर्दी जारी गरेको गुरुङले बताएका छन् । 

गुरुङका अनुसार लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ । तेस्रो स्थान हासिल गरे ५० हजार, दोस्रो स्थान हासिल गरे एक लाख तथा प्रथम स्थान हासिल गरे एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिनेछ । 

‘विदाइका साथै पुरस्कार घोषणा गर्ने कार्यक्रममा खेलाडीहरुलाई नजान निर्देशन दिने नेपाल बक्सिङ संघका अध्यक्ष, मुख्य प्रशिक्षक तथा केही पदाधिकारीहरुलाई धेरै धेरै धन्यवाद । तपाईहरुको यी र यस्तै कृयाकलापले खेलाडीहरुको प्रोत्साहन र विकासमा ठूलो अड्चन उत्पन्न भएको कुरा खेलकुद जगत र मिडियासामु थप उजागर भएको छ,’ गुरुङले फेसबुकमा लेखेका छन् ।

‘आगामी दिनमा बक्सिङमा भएको अनियमितता, अराजकता र उत्सृंतल गतिविधिको थप भण्डाफोर गर्ने नै छु । कार्यक्रममा उपस्थितीका लागि सबैलाई धन्यवाद,’ गुरुङले अगाडि लेखेका छन् ।

सर्बियाको राजधानी बेलग्रेडमा कात्तिक ८ देखि २० गतेसम्म हुने आइबा विश्व च्याम्पियनसिपमा नेपालको तर्फबाट चार खेलाडी र दुई प्रशिक्षकले भाग लिँदैछन् । 

गुरुङले खेलाडी विदाइका लागि आफूले मुख्य प्रशिक्षक रानासँग तीन साताअघि नै अनुमति मागेको र उनीसँगकै सहमतिमा बिहीबारको मिति तय गरिएको बताए । 

‘उहाँले सधै कहिले गर्ने कार्यक्रम भनेर ताकेता गरिरहनुहुन्थ्यो । उहाँकै सहमतिमा हिजोको कार्यक्रम राख्यौं । तर अस्ती बेलुकी आएर उहाँले संघले मानेन, खेलाडी पठाउन नसकिने भयो भन्ने गैह्रजिम्मेवार कुरा गर्नुभयो । एउटा चिठी पठाउनुस हामी प्रयास गर्छौ भन्नुभयो । मैले तत्कालै चिठी पठाएँ । तर उहाँहरुले खेलाडीलाई कार्यक्रममा नजान उर्दी जारी गर्नुभयो,’ गुरुङले खेलाडीसँग भने ।

अघिल्लो कार्यकालका महासचिव गुरुङले बक्सिङ संघको वर्तमान कार्यसमिति आपसी द्वन्द्व, अनियमितता र काम गर्न नसकेर पंगु भइसकेको अवस्थामा खेलाडीमाथि समेत छेकबार हालेर थप नालायक प्रमाणित भएको प्रतिक्रिया दिए ।

‘अघिल्लो कार्यकालमा हामीले प्रत्येक वर्ष पाँच÷छवटा राष्ट्रिय प्रतियोगिता आयोजना गथ्र्यौ । अहिले चार वर्ष बितिसक्दा पनि संघले एउटै प्रतियोगिता गर्न सकेको छैन,’ गुरुङले आरोप लगाए, ‘अहिले संघमा महासचिवलाई पाखा लगाइएको छ । कुनै पनि निर्णय प्रक्रियामा महासचिव, कोषाध्यक्ष जस्ता पदाधिकारीलाई समेटिँदैन । कोषाध्यक्षलाई जबरजस्ती किनारा लगाएर काम गरिएको छ । धेरै अनियमितता र गलत काम भइरहेका छन् । अब ति सबको हिसाब खोजिन्छ ।’ 

बक्सिङ संघका प्रवक्ता एवं अध्यक्षका भाई श्यामकाजी अवालेले औपचारिक रुपमा खेलाडी विदाइ गर्ने काम राष्ट्रिय संघ र राष्ट्रिय खेलकुद परिषदको हो भन्दै विभिन्न संस्थाले छुट्टै विदाइ कार्यक्रम गर्न नमिल्ने तर्क गरे । 

‘समस्या केही भएको होइन । राजनीतिको मानिसले राजनीति खेल्न खोजेको मात्र हो । खेलाडीलाई ट्रयाकसुट दिन खोजेको राम्रो हो । तर खेलाडीलाई विदाई गर्ने काम त संघ र राखेपले गर्ने हो । जसले वर्षौदेखि खेलाडीका लागि लगानी गरेको छ । तर एउटा ट्रयाकसुट दिने नाममा बाहिरी संस्थाले खेलाडी विदाइ गर्ने त राम्रो होइन,’ खेलाडीसँग कुरा गर्दै अवालेले भने ।

लोकतान्त्रिक संघ बागमती प्रदेश र बक्सिङ संघबीच विदाइको विषयमा सही ढंगको ‘कम्युनिकेसन’ हुन नसकेका कारण असमझदारी उत्पन्न भएको अवालेको भनाई थियो । 

बिहीबार ११ बजेको विदाई कार्यक्रमका लागि १०ः४६ मा आफूले पत्र प्राप्त गरेको र शुक्रबारै टिम सर्बिया उड्नुपर्ने भएका कारण निर्णय गर्ने समय नपाएको उनले बताए । ‘हामीले ट्रयाकसुट दिन चाहेको भए संघकै कार्यक्रममा आएर गर्नुस भनेका थियौं । उहाँहरुले मान्नुभएन । अहिले कोभिड १९ को महामारीका बेला स्वास्थ्य मापदण्डका कारण पनि निरन्तर प्रशिक्षणमा रहेका खेलाडीलाई पठाउन सक्ने कुरा भएन,’ अवालेले थपे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो