फाल्गुन ३, २०८१ शनिबार | ११:४०:०६
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

ओप्स खेलकुद महोत्सवः बास्केटबलमा सेब र हिमश्मिलाई उपाधि

बास्केटबल उपाधि विजेता हिमरश्मि टोली

काठमाडौं ।  सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबलको उपाधि शनिबार जितेका छन् । सेब ब्वाइज तथा हिमरश्मि गर्ल्समा च्याम्पियन बने ।

डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७-२३ ले पराजित गर्यो । सेबको जितमा विप्लव गुरुङले १८ अंक योगदान गरे ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगिताको खुशी अधिकारीको ६ अंक सहयोगमा गर्ल्सको फाइनलमा हिमरश्मिले फेरिल्यान्डलाई १४-१० ले हरायो ।

हिमरश्मिले ८-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको हो । चौथो क्वार्टरको कुनै समय खेल १०-१० को बराबरी स्थितिमा थियो । त्यसबेला सिर्जना तामाङले दुई स्कोर गर्दै हिमरश्मिलाई १२-१० ले अग्रता दिलाइन् । सिर्जनापछि निमा तामाङले दुई अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरिन् । ब्वाइजमा १३ तथा गर्ल्समा नौ टोली सहभागी थिए ।

ब्याडमिन्टन: हिमरश्मिको क्लिन स्विप

ब्याडमिन्टनको स्वर्णमा शनिबार क्लिन स्विप गरेको छ । तीन स्पर्धा समावेश ब्याडमिन्टनमा हिमरश्मिले तीनै स्वर्णमाथि कब्जा जमायो ।

मनमैजुस्थित जि ४ स्पोर्टस एकेडेमीमा भएको ब्वाइज सिंगल्स फाइनलमा सिद्धान्तराज लम्सालले कौशलका गगन घलेलाई २१-१३,२१-१४ को सोझो सेटमा पराजित गरे । विभूतिका संविधान चौधरी र श्रृजना ज्ञान सागरका कल्याण तामाङ तेश्रो भए ।

गर्ल्स सिंगल्सको फाइनलमा उपासना बोहराले ज्ञान मन्दिरकी विविशा शाह ठकुरीलाई २१-१,२१-४ ले  हराइन् । कौशलकी श्रृष्टि बुढाथोकी र पुष्पकुञ्जकी मनिका गुरुङ तेश्रो बने ।

ब्याडमिन्टनको तीन स्पर्धामा पहिलो भएका हिमरश्मिका खेलाडी

मिक्स डबल्समा कुशल गौतम र प्रतिक्षा गौतमको जोडी विजेता बने । उक्त जोडीले फाइनलमा न्युटनका विवेक भण्डारी र फुरा मिङमा शेर्पाको जोडीमाथि २१-१२,२१-१५ को जित दर्ता गरे । कौशलका विपल थापा र युनिशा मल्ल तथा ज्ञान मन्दिरका आयुब मोक्तान र तनुश्री ओलीको जोडीले तेश्रो स्थानमा रहे ।  ब्याडिमिन्टनमा विद्यालयका ३६ खेलाडी सहभागी थिए ।

टेबल टेनिसः श्रृजना ज्ञान सागर अब्बल
श्रृजना ज्ञान सागरले सातौं  टेबल टेनिसको तीन वटै स्वर्ण शनिबार जितेको छ ।

शेषमति सानो पुलस्थित श्रृजना ज्ञान सागरमा भएको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सन्तोष थापाले प्रगतिका उदिप तामाङलाई ११-६,११-६,११-१ को सोझो सेटमा पराजित गरे । कौशलका निशान बुढाथोकी र सेबका रोशन पौडेल तेश्रो भए ।

गर्ल्स सिंगल्सको फाइनलमा विपिना थापाले हिमरश्मिकी अञ्जली गुरुङलाई सीधा सेटमा ११-३, ११-४,११-५ ले हराइन् । सेबकी रचेल थापा मगर र प्रगतिकी गंगा मगर तेश्रो बने ।

मिक्स डबल्समा सुप्रिया बोगटी र आकाश सिलवालको जोडी पहिलो, प्रगतिका युजिना गुरुङ र सुप्रिम सिलवालको जोडी दोश्रो तथा कौशलका तारा तामाङ र अतित श्रेष्ठ/ हिमरश्मिका अञ्जली बानियाँ र आदर्श थिङको जोडी तेश्रो भए । श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालका अनुसार टेबल टेनिसमा १३ विद्यालयका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

योसँगै ओप्स खेलकुदअन्तर्गत तीन खेलको प्रतियोगिता पूर्ण रुपमा सम्पन्न भएको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । 

आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्वाइज फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ । गर्ल्स फुटबल भने सम्पन्न भइसकेको छ । गर्ल्स फुटबलमा हिमरश्मि च्याम्पियन बनेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain