धादिङ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय भेट्रान च्याम्पियनसिप हुने भएको छ।
असोज ५ देखि ७ गतेसम्म सम्पन्न हुने राष्ट्रिय प्रतियोगिताका लागि ६० जजा राष्ट्रिय भेट्रान खेलाडीहरु प्रतिस्पर्धामा उत्रने छन् ।
थांक्रे गाउँपालिकाको प्रायोजनमा हुन लागेको प्रतियोगिता धाडिङ, वडा नम्बर ६ महादेववेसीमा हुनेछ । प्रतियोगितामा ५५ वर्ष माथिको विधा समावेश गरिएको छ ।
प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ । यसैगरी दोस्रो देखि सातौं स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार, आठ हजार र पाँच हजार प्राप्त गर्नेछन् ।
राष्ट्रिय प्रतियोगिताका प्रमुख निर्णायक एवं महासंघका केन्द्रीय सदस्य निरञ्जन प्रजापतिका अनुसार खेल अवधिभर नौ वटा डिजिटल बोर्डबाट खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । बाहिर जिल्लाबाट आउने खेलाडीले आवास तथा भोजनको सुविधा पाउने छन्।
प्रतियोगिताको विजेता अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका लागि छनोट हुनेछन् ।