ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.९ को आयोजनामा सम्पन्न वडा कप खुल्ला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका एफएम रुपेश जैसवाल च्याम्पियन बनेका छन्।
भारत र नेपालका खेलाडीबीच भएको प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलबाट ८ अंक जोडे । रुपेशले उपाधिसँगै ट्रफी, पदक, प्रमाण पत्र र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी भारतका विनायकसिंह यादव प्रोग्रेसिभ प्वाइटका आधारमा उपविजेता बने । उनले १५ हजार प्राप्त गरेका छन्। समान ७।५ अंक बनाएर पनि कट वान प्रोग्रेसिभ प्वाइन्टका आधारमा पुरुषोत्तम सिलवालले तेस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ हात पारे ।
क्षितिज भण्डारी, कमल श्रेष्ठ, सुरोज महर्जन, सजिन महर्जन, राजेन्द्र बज्राचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ र सन्देश श्रेष्ठ क्रमशः चौथोदेखि १०औं स्थानमा छ ।
शान्ति धिमाल, अश्विना आचार्य र सोनी डंगोल महिलातर्फ शीर्ष तीनमा रहे ।
यसैगरी ललितपुरतर्फ सानुभाई महर्जन र बद्रीलाल नेपाली, महालक्ष्मीतर्फ अशोकमोहन श्रेष्ठ, र राजन पुरी तथा भेट्रानतर्फ नवीन तण्डुकार र पूर्णराज खड्काले शीर्ष दुई ओट्न सफल भए ।
यस्तै १८ सय रेटेडमा गोविन्दप्रसाद पौडेल र गणेशबहादुर थापा तथा १६ सय रेटेडमा आभाष तिवारी र राजेन्द्र श्रेष्ठ शीर्ष दुई भित्र रहे ।
नव प्रवेशी खेलाडीमा सुदीन नेपाल र भारतका रसिद मोहम्मद, यु-१८ मा मुहान नरसिंह श्रेष्ठ र प्रज्वल चौलागाईं, यु-१६ मा सम्यक श्रेष्ठ र सिभमकुमार शाह, यु-१४ मा हर्षबर्धन राठी रकसिभ कार्की तथा यु-१२ ओस्कार पन्थी र अग्रिम शैंज शीर्ष दुईमा रहे ।
विद्यालयका छात्रातर्फ निकिता चौधरी, लक्कि लिम्बु, इन्शु ओली, १४ वर्षमुनिमा सागर रिजाल प्रथम, अदित यख्खा प्रतीक ढुंगेलले शीर्ष तीन स्थान हासिल गरे ।
१४ वर्षमाथिमा कृजन तामाङ, रोशन्त सुवाल र स्यामुयल मगर शीर्ष तीनमा रहे ।
दुई दिने प्रतियोगितामा २१४ खेलाडी सहभागी थिए । प्रमुख अतिथि तथा नगर प्रमुख हरीगोविन्द श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।
समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाको युवा ,खेलकुद तथा शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य निरञ्जन प्रजापति, रमिला पोखरेल, शशील चौधरीलगायताको उपस्थिति थियो।