कार्तिक २४, २०८२ सोमबार | २३:३७:३९
एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार
शनिबारको दिन इटाली

अलबिदा प्रिय सिलाची

काठमाडौं । कहीं कतै तपाईको मनमा हुनै पर्छ, सिलाचीको नाम । त्यसो त नेपालमा फुटबलको विश्वकप टीभीको माध्यमबाट प्रवेश गरेको सन् १९८६ ताका नै हो । अझ केहीले सन् १९८२ को विश्वकप पनि हेरे होला ।

यी त असाध्यै भाग्यमानी पुस्ता रहे । तर धेरैले एकैपल्ट टीभीको माध्यमबाट नेपालमा हेरिएको विश्वकप हो, सन् १९९० । यो यस्तो पहिलो विश्वकप जसको प्रभाव नेपाली फुटबल समर्थकमाझ अत्याधिक रह्यो ।

त्यही विश्वकपका नायक साल्भाटोर सिलाची अब रहेनन्, यसै साता समाचार आयो, उनको निधन भएको छ । एक साता भन्दा बढी समय उनले पार्लेमाको अस्पतालमा बिताए र त्यहींबाट उनले मृत्यु आत्मसात् गरे । 

इटालीको स्ट्राइकर हुन्, उनी । त्यसो त विश्व फुटबल र विश्वकपकै कुरा गर्दा उनी दोहरिएर आउने नाम होइनन् । किनभने उनी त्यति धेरै उम्दा खेलाडी पनि होइनन् । उनी भन्दा धेरै राम्रा खेलाडी धेरै होला, अझ सके इटालीमै पनि । तर ती सबै राम्रो खेलाडीले विश्वकपमा त्यस्तो प्रदर्शन गर्न सकेनन्, जस्तो सिलाचीले गरे ।

उनलाई कोलोन क्यान्सर भएको थियो । सन् १९९० को विश्वकपका सबैभन्दा ठूलो नाम हुन्, उनी । त्यसैले जसले त्यो विश्वकप हेरेर आफूलाई फुटबल पारखी बनाए, तिनले उनको नाम कसरी बिर्सन सक्छ र ?

इटालीको स्ट्राइकर हुन्, उनी । त्यसो त विश्व फुटबल र विश्वकपकै कुरा गर्दा उनी दोहरिएर आउने नाम होइनन् । किनभने उनी त्यति धेरै उम्दा खेलाडी पनि होइनन् । उनी भन्दा धेरै राम्रा खेलाडी धेरै होला, अझ सके इटालीमै पनि । तर ती सबै राम्रो खेलाडीले विश्वकपमा त्यस्तो प्रदर्शन गर्न सकेनन्, जस्तो सिलाचीले गरे । त्यसैले कम्तीमा विश्वकपको इतिहासमा उनी सम्झनु पर्ने खेलाडी त हुन नै ।

सिलाचीले खेलेको समय फुटबलको त्यो काखखण्ड हो, जसमा डिएगो म्याराडोना थिए । उनकै नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जितेको थियो । अर्जेन्टिना डिफेन्डिङ च्याम्पियनका रूपमा इटाली आएको थियो ।

फेरि त्यो त्यही समय थियो, जति बेला म्याराडोनाले इटालीको नेपोलीका लागि व्यवसायिक फुटबल खेलिरहेका थिए, नेपल्समा तहल्का मच्चाइरहेका थिए ।

भनिन्छ, सन् १९९० को विश्वकप खेलेको इटालीको टिममा सिलाचीको नाम अन्त्यतिर मात्रै परेको थियो । उनी सुरुमा सब्टिच्युट खेलाडी नै थिए, उनको काम वेञ्च तताउने नै थियो । त्यस विश्वकपमा इटाली समूह ‘ए’ मा परेको थियो र पहिलो खेल थियो, अस्ट्रियाविरुद्ध । त्यो खेलमा इटाली १-० ले विजयी रह्यो र निर्णायक गोल निस्केको थियो, ८७ औं मिनेटमा ।

सिलाची सब्टिच्युट खेलाडीकै रूपमै मैदान छिरे र त्यो गोल गरे । त्यसपछि त उनको चारैतर्फ चर्चा सुरु भयो । इटाली सेमिफाइनलसम्म पुग्यो र अर्जेन्टिनाकै हातबाट पराजित भयो । 

तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले इंग्ल्यान्डलाई हराएको हो । त्यतिसम्ममा सिलाचीले छ गोल गरिसकेका थिए र उनी त्यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी बने ।

युभेन्ट्सका लागि उनले युइएफए कप र इटालियन कप पनि जिते । तर उनले आफ्नो खेल जीवनको लामो समय तल्लो डिभिजनका क्लबमै बिताए ।

उनले ‘गोल्डेन बुट अवार्ड’ नै जिते । सिलाचीले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा चेकोस्लाभाकियाविरुद्ध पनि गोल गरे र त्यसमा इटाली २-० ले विजयी रह्यो । अन्तिम १६ को खेलमा इटाली उरुग्वेविरुद्ध २-० ले विजयी रहेको थियो । त्यसमा पनि एक गोल सिलाचीले गरे । क्वाटरफाइनलमा भने इटलीले गणतान्त्रिक आयरल्यान्डविरुद्ध १-० को जित निकालेको थियो । त्यसमा पनि सिलाचीकै गोल रह्यो ।

सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल भने १-१ मा सकिएको थियो । त्यसमा इटालीका लागि एक गोल गर्ने खेलाडी पनि सिलाची नै रहे । पछि इटाली टाइब्रेकरमा पराजित रह्यो ।

तेस्रो स्थानका लागि भएको खेलमा इटाली २-१ ले विजयी रह्यो र त्यसमा निर्णायक गोल सिलाचीले नै गरे, त्यो भने पेनाल्टीबाट थियो । एउटै विश्वकपमा छ गोल, यो त ठूलै उपलब्धी थियो ।

तर इटालीका लागि पनि उनको खेल जीवन लामो रहेन् । पछि इटालीका लागि एकै गोल मात्र गरे र उनले आफ्नो देशका लागि खेलेको भनेको खालि १६ पल्ट मात्रै हो । उनले सिरी ‘ए’ मा भने युभेन्ट्स र एसी मिलानका लागि खेले । 

युभेन्ट्सका लागि उनले युइएफए कप र इटालियन कप पनि जिते । तर उनले आफ्नो खेल जीवनको लामो समय तल्लो डिभिजनका क्लबमै बिताए ।निधन हुँदा उनी ५९ वर्षका थिए । अल बिदा प्रिय सिलाची ।