आश्विन ५, २०८१ शनिबार | ०६:४३:५३
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा

एरिका गुरुङ।

काठमाडौं । नेपालीकी एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइलन प्रवेश गरेकी छन् ।

फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । यसअघिका सबै संस्करणमा नेपाल पदकविहिन थियो ।

चीनको हाङझावस्थित स्पोर्टस सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गरिन् ।  

क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबीचको खेल १–१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् । सोफिया ती नै खेलाडी हुन जसले एरिकालाई १९औं एसियाली खेलकुदको फाइनलमा ३-० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले हराउदै उपाधि नजिक पुगिन् । एरिकाले फाइनलमा आइतबार भियतनामकी नाओन थी नुयेनसँग  प्रतिस्पर्धा गर्नेछिन् ।

प्रशिक्षक कुशल श्रेष्ठका साथ एरिका । 

एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमास्वर्ण, चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा थिए ।

प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनिमा मिनबहादुर तामाङ, ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ, ८४ केजीमुनिमा मोहम्मद शेखु आलम र ८४ केजीमाथिमा आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

यसैगरी महिला ५५ केजीमुनिमा जिया कार्की तथा ६१ केजीमुनिमा निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए ।

महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बु र टप्पी थापाले कौशल प्रदर्शन गर्नेछन् । एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024