चैत्र १४, २०८२ शनिबार | ०५:१३:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम

फाइल तस्विर ।

काठमाडौं । एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।

बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिनेसहित ९ निर्णय गरेको छ ।

एरिकाले गत वर्ष चीनमा आयोजना भएको १९औं एसियाली खेलकुद र यो वर्ष चीनमै भएको एसियन  कराते च्याम्पियन्सिपमा रजत पदक जितेकी थिइन् । एसियाड र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने एरिका एक्लो नेपाली खेलाडी हुन् ।

साधारण सभाले विश्व कराते महासंघको निर्देशनअनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने,  प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गर्याे।

साधारण सभामा सहभागी ।

त्यस्तै साधारणसभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्दा महासंघमा रिक्त पदमा मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिएको छ ।

साधारणसभामा सात प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक र अतिथिसहित ८९ जनाको सहभागिता रहेको महासंघले जनाएको छ।

 

यस्ता छन्  साधारण सभाका निर्णय:


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो