माघ १४, २०८२ बुधबार | २१:१८:०८
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

एन्फाका महासचिव राईविरुद्ध म्याद तामेल, थापाविरुद्ध बोलेको विषयमा प्रतिउत्तरसहित अदालतमा हाजिर हुन आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलाई पूर्व अध्यक्ष गणेश थापाविरुद्ध बोलेको विषयमा अदालतले प्रत्युत्तरसहित हाजिर हुन म्याद तामेल गरेको छ ।

थापाले फागुन २५ गते काठमाडौं जिल्ला अदालतमा दायर गरेको गाली बेइज्जती मुद्धामा अदालतले सोमबार एन्फामा पुगेर म्याद तामेल गरेको थियो । पूर्व अध्यक्ष थापाका अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरे पनि एन्फा मुख्यालय सातदोबाटोमा रहेकाले कार्यक्षेत्र पर्ने ललितपुर जिल्ला अदालतमार्फत म्याद तामेल भएको थियो ।

अदालतका कर्मचारी पुग्दा एन्फामा महासचिव राई अनुपस्थित भएकाले एन्फाका कर्मचारी सन्तराम राईलाई हस्ताक्षर गराएर म्याद तामेली गरिएको थापाले जानकारी गराए । उनका अनुसार म्याद तामेल भएको दिन सोमबारबाट ३६ दिनभित्र राईले प्रतिउत्तरसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । आफै उपस्थित हुन नसके उनले वारिसमार्फत पनि प्रत्युत्तर पठाउन सक्नेछन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ मा कसैको बेइज्जती गर्न नहुने उल्लेख छ । नियतवस कसैको बेइज्जती गरेको प्रमाणित भए दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसमा विधुतीय वा अन्य आम सञ्चारका माध्यम प्रयोग भएको देखिए थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानून छ ।

महासचिव किरण राईले गत महिना प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि थापाले आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको बताएका थिए । त्यही अन्तरवार्ताका क्रममा राईले थापामाथि मानसिक सन्तुलन गुमाएको आरोप पनि लगाएका थिए ।

‘एन्फाका महासचिव किरण राईले मविरुद्ध अत्यन्तै आधारहिन र झुठा आरोप लगाएर मेरो चरित्रहत्याको प्रयास गर्नुभएको थियो । मैले त्यस विषयमा उहाँलाई सामाजिक सञ्जालमार्फत ती आरोप प्रमाणित गर्न चुनौती दिएँ । त्यसो नभए ती झुठा र तथ्यहिन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको थिएँ,’ थापाले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘तर उहाँले आफ्नो भनाई सच्याउने र आत्मालोचना गर्नेमा कुनै चासो नदेखाएपछि मैले बाध्य भएर कानुनी कारबाहीको प्रक्रिया अगाढि बढाएको हुँ । कानुनी कारबाहीको प्रक्रियामा मैले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नुका साथै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्धा दायर गरेको थिएँ ।’

एन्फाका पूर्व अध्यक्ष थापाले आफू कानूनी राज्यको हिमायती भएको बताउँदै ‘एन्फाका महासचिव किरण राईले अन्तरवातामा भनेअनुसार आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गरेर’ आफू दोषी सावित भए कानूनअनुसार कारबाही भोग्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।