चैत्र ७, २०८२ शनिबार | ०८:००:४८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फाका महासचिव राईविरुद्ध म्याद तामेल, थापाविरुद्ध बोलेको विषयमा प्रतिउत्तरसहित अदालतमा हाजिर हुन आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलाई पूर्व अध्यक्ष गणेश थापाविरुद्ध बोलेको विषयमा अदालतले प्रत्युत्तरसहित हाजिर हुन म्याद तामेल गरेको छ ।

थापाले फागुन २५ गते काठमाडौं जिल्ला अदालतमा दायर गरेको गाली बेइज्जती मुद्धामा अदालतले सोमबार एन्फामा पुगेर म्याद तामेल गरेको थियो । पूर्व अध्यक्ष थापाका अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरे पनि एन्फा मुख्यालय सातदोबाटोमा रहेकाले कार्यक्षेत्र पर्ने ललितपुर जिल्ला अदालतमार्फत म्याद तामेल भएको थियो ।

अदालतका कर्मचारी पुग्दा एन्फामा महासचिव राई अनुपस्थित भएकाले एन्फाका कर्मचारी सन्तराम राईलाई हस्ताक्षर गराएर म्याद तामेली गरिएको थापाले जानकारी गराए । उनका अनुसार म्याद तामेल भएको दिन सोमबारबाट ३६ दिनभित्र राईले प्रतिउत्तरसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । आफै उपस्थित हुन नसके उनले वारिसमार्फत पनि प्रत्युत्तर पठाउन सक्नेछन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ मा कसैको बेइज्जती गर्न नहुने उल्लेख छ । नियतवस कसैको बेइज्जती गरेको प्रमाणित भए दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसमा विधुतीय वा अन्य आम सञ्चारका माध्यम प्रयोग भएको देखिए थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानून छ ।

महासचिव किरण राईले गत महिना प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि थापाले आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको बताएका थिए । त्यही अन्तरवार्ताका क्रममा राईले थापामाथि मानसिक सन्तुलन गुमाएको आरोप पनि लगाएका थिए ।

‘एन्फाका महासचिव किरण राईले मविरुद्ध अत्यन्तै आधारहिन र झुठा आरोप लगाएर मेरो चरित्रहत्याको प्रयास गर्नुभएको थियो । मैले त्यस विषयमा उहाँलाई सामाजिक सञ्जालमार्फत ती आरोप प्रमाणित गर्न चुनौती दिएँ । त्यसो नभए ती झुठा र तथ्यहिन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको थिएँ,’ थापाले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘तर उहाँले आफ्नो भनाई सच्याउने र आत्मालोचना गर्नेमा कुनै चासो नदेखाएपछि मैले बाध्य भएर कानुनी कारबाहीको प्रक्रिया अगाढि बढाएको हुँ । कानुनी कारबाहीको प्रक्रियामा मैले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नुका साथै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्धा दायर गरेको थिएँ ।’

एन्फाका पूर्व अध्यक्ष थापाले आफू कानूनी राज्यको हिमायती भएको बताउँदै ‘एन्फाका महासचिव किरण राईले अन्तरवातामा भनेअनुसार आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गरेर’ आफू दोषी सावित भए कानूनअनुसार कारबाही भोग्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो