चैत्र १७, २०८२ मंगलबार | ०४:१८:४१
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन पेप ग्वार्डिओला

ग्वार्डिओलासामु भविष्यबारे प्रश्न

काठमाडौं । म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप ग्वार्डिओला यसपल्ट आफ्नो अन्तिम सिजन बिताइरहेका छन्, यदी उनले नयाँ अनुबन्ध नगर्ने हो भने । यस्तोमा स्वभाविक छ, उनको भविष्यलाई लिएर धेरै प्रश्न उठ्ने छन् नै । सिटीको पछिल्लो खेल इन्टर मिलानविरुद्ध इटालीमा थियो ।

युरोपेली च्याम्पियन्स लिगको यो खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई इटालीका फुटबल पत्रकारले सोधिहाले, के एक दिन उनले इटालीको कुनै क्लब पनि सम्हाल्ने छन् त ? उनको उत्तर बढी कुटनीतिक पाराको रह्यो ।उनले भने, ‘मलाई इंग्लिस फुटबल मन पर्छ । यो खुबै रमाइलो पनि छ । इंग्ल्यान्डमा एक्लै आफू खुसी काम गर्न पाइन्छ । यस्तो स्वतन्त्रता भने अन्यत्र पाइन्न ।’ सायद उनले भनेको पनि ठीकै हो । त्यसैले त सिटीमा उनले यति धेरै वर्ष बिताइसके कि उनलाई पनि आश्चर्यलाग्दो हो ।

अबुधाबीले जति पनि खर्च गर्न सक्ने भएपछि ग्वार्डिओलाले पनि आफू खुसी टिम बनाउन पाएका छन् । त्यसैले घरेलु इङ्लिस प्रिमियर लिगमै सिटीको एक छत्र राज छ । 

सन् २०१६ मा उनी सिटी आएका थिए । यति धेरै समय उनी अन्यत्र कतै बसकेनन् । बार्सिलोनामा उनी चार वर्ष रहे भने बायर्न म्युनिकमा तीन । ग्वार्डिओला भन्छन्, ‘सिटी महान क्लब हो, म यहाँ खुसी महसुस गर्छुं ।’ फेरि एउटा तथ्य के पनि हो भने उनले सिटी जत्तिको क्लब दोहराएर पाउने पनि छैनन् ।

अबुधाबीले जति पनि खर्च गर्न सक्ने भएपछि ग्वार्डिओलाले पनि आफू खुसी टिम बनाउन पाएका छन् । त्यसैले घरेलु इङ्लिस प्रिमियर लिगमै सिटीको एक छत्र राज छ । तर यसबीच पनि सिटीका लागि पछिल्ला केही समय राम्रो रहेन्, आर्थिक आचार संहिता उलंघन गरेको गम्भीर आरोप क्लबमाथि छ ।अहिले नै यसको मुद्दा सुरु भइसकेको छ, हुन सक्छ, सिटीमाथि गम्भीर खाले कारवाही नै हुन सक्छ । ग्वार्डिओला आफैले भने क्लबको लगातार बचाउ गरिहेका छन् र भनिरहेका छन्, अन्य प्रतिद्वन्द्वी क्लबको इच्छा नै हो, सिटी कारवाहीमा परोस ।

सिटीको एकपल्ट युरोपेली च्याम्पियन्स लिग जित्ने सपना थियो, त्यो पनि पूरा भइसकेको छ । यस्तोमा प्रश्न स्वभाविक छ, ग्वार्डिओला कति समय अझ सिटीमा बस्ने छन्  ?

गत सिजनको अन्त्यमा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले सबैलाई आश्चर्यमा पार्दै क्लब छाडे । उनको तर्क थियो, धेरै काम उत्तिकै धेरै तनावमा धेरै समयसम्म गर्न सकिन्न । यति धेरै गाह्रो छ, फुटबलमा प्रशिक्षक हुन् । सायद क्लोपको यो निर्णयले ग्वार्डिओलाई आफैलाई भविष्यबारे सोच्न बाध्य पारेको छ ।

सम्भवतः यो सिजन सिटीका लागि कस्तो निस्कने हो, त्यसले पनि ग्वार्डिओलाको भविष्य धेरै हदसम्म निर्धारण गर्न सक्नेछ । सिटी यसपल्ट लगातार पाँचौं पल्ट प्रिमियर लिग जित्ने अभियानमा छ । यस्तो उत्कृष्ट प्रदर्शन इंग्ल्यान्डमा अहिलेसम्म कसैले गर्न सकेका छैनन् । आर्सनल र लिभरपुलले यसमा अवरोध गर्ने काम सायद गर्नेछ ।

सिटीको एकपल्ट युरोपेली च्याम्पियन्स लिग जित्ने सपना थियो, त्यो पनि पूरा भइसकेको छ । यस्तोमा प्रश्न स्वभाविक छ,  ग्वार्डिओला कति समय अझ सिटीमा बस्ने छन् ? सिजनको अन्त्यमा उनले के कस्तो निर्णय गर्नेछन्, त्यो हेर्न लायक हुनेछ । आखिरमा त्यतिबेलासम्म उनको अनुबन्ध त सकिंदै छ नै ।