काठमाडौं । नेपाली फुटबलमा कुनै एक खेलाडीलाई लेजेन्डको दर्जा दिने आधार के हो ? कस्लाई दिँदा यो पद सस्तो हुन्छ, कस्लाई नदिँदा न्याय हुन्न ? नेपाली फुटबलको इतिहास त्यति लामो पनि छैन, घरेलु फुटबल होस् या अन्तर्राष्ट्रिय फुटबलमा गरेको योगदानका आधारमा कुनै पनि खेलाडीको मुल्याङ्कन गर्न गाह्रो हुनलाई ।
कस्को योगदान कति, कस्ले कति जिताए, अनि कस्को फुटबल कौशलमा समर्थक कति रमे ? नेपाली फुटबलमा विभिन्न कालखण्डहरु आए । ती कालखण्डहरुमा धेरै स्टारहरु जन्मिए । यी सबैलाई लेजेन्डको दर्जा दिइहाल्न पनि त मिल्दैन
यहाँ चर्चा लेजेन्डहरुको पनि होइन । चर्चा त नेपाली फुटबलमा सक्दो योगदान गरेकाहरुको हो । आफ्नो मेहनत, क्षमता र प्रतिभाका कारण नेपाली फुटबलको श्रीवृद्धिमा केही इट्टा थप्नेहरुको हो । हो, हामी कुरा गर्दैछौं जीवेशकुमार पाण्डे र भोलानाथ सिलवालको । दुई फरक पुश्ताका यस्ता खेलाडी, जो नेपाली फुटबललाई नजिकबाट पछ्याएका खेलप्रेमीका लागि प्रिय नाम ।
नेपाली फुटबलमा जीवेशले आफ्नो छुट्टै पहिचान बोकेका छन् । राष्ट्रिय टोलीको उमेर समूहमा तहल्का मच्चाउने खेलाडी मात्र होइनन, उनी । खासमा जीवेश एक यस्ता आसाधारण खेलाडी हुन्, जसले मैदान उत्रँदा नखेलेको कुनै पोजिसन छैन । खासमा उनी स्ट्राइकर हुन् । वान स्टेपमा पावर सट हान्न सक्ने क्षमता नेपाली फुटबलमा उनीजति कमैको थियो ।
‘जेन जी’ अर्थात युवा पुस्ताका लागि एकसमयका स्टार स्ट्राइकर जीवेश नौलो नाम हुन सक्छ । भोलाको अवस्थामा भने उनले पछिल्लो शीर्ष डिभिजन लिगमा मात्र सँधैको लागि बुट थन्क्याएका थिए, त्यसैले पनि उनी अपरिचित खेलाडी नरहलान् । वर्तमान परिवेशमा भने उनीहरु नयाँ लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।
राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीद्धय जीवेश र भोला अहिले फरक जिम्मेवारीमा छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी राष्ट्रिय महिला लिगमा यी दुईले विभागीय टोलीको टचलाइन सम्हालिरहेका छन् । जीवेश एपिएफका मुख्य प्रशिक्षक हुन् भने भोलाले पुलिस हेरिरहेका छन् । दुवैले आफ्नो कर्मथलोको प्रतिष्ठाका लागि चर्को घाममा पसिना बगाइरहेका छन्, मुसलधारे वर्षामा रुजिरहेका छन् ।
नेपाली फुटबलमा जीवेशले आफ्नो छुट्टै पहिचान बोकेका छन् । राष्ट्रिय टोलीको उमेर समूहमा तहल्का मच्चाउने खेलाडी मात्र होइनन, उनी । खासमा जीवेश एक यस्ता आसाधारण खेलाडी हुन्, जसले मैदान उत्रँदा नखेलेको कुनै पोजिसन छैन । खासमा उनी स्ट्राइकर हुन् । वान स्टेपमा पावर सट हान्न सक्ने क्षमता नेपाली फुटबलमा उनीजति कमैको थियो । तिब्र गति, गँठिलो शरिर, विपक्षी पोष्टमा पुगेपछिको गोल भोक, सटमा एकुरेसी र आक्रामक स्वभाव जीवेशको परिचय हो ।
उनी अपरच्युनिस्ट भन्दा पनि मेहनती र आक्रामक स्ट्राइकर थिए । तर मैदानमा उनले सबै पोजिसनमा खेल्नुपर्यो । सानै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दा सिनियर खेलाडीको दबदबा हुँदा उनले धेरैजसो रक्षकको भूमिकामा समय बिताउनुपर्यो । कहिलेकाँही मिड्फिल्डमा पनि । अझ भनौं फिल इन दी ब्ल्यांकस । सन् २००० को दशकसम्म नेपाली फुटबल त्यस्तै नै थियो । एउटा घरेलु खेलमा त उनले गोलकिपरको भूमिकामा पनि खेल्नुपर्यो । २०६० को कुरा हो , विपक्षी थियो मनाङ मर्स्याङ्दी । दशरथ रंगशालामा सहिद स्मारक लिग चलिरहेको थियो ।
सन् २००४ एएफसी एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली टोली दक्षिण कोरिया प्रस्थान गरेको थियो । जहाँ नेपालले ओमान, भियतनाम र घरेलु टोलीसँग प्रतिस्पर्धा गरेको थियो । यी सबै खेलमा जीवेशले राष्ट्रिय टोलीको जर्सी लगाए ।
उनी संकटाका मुख्य स्ट्राइकर थिए । गोलकिपर थिए, उज्ज्वल मानन्धर । खेल दौरान पोलमा ठोक्किएर उज्जवल नराम्ररी घाइते भए । उनलाई अस्पताल कुदाउनुपर्यो । वैकल्पिक गोलकिपर थिए, संगीत रजक । उज्ज्वल हुँदा कहिल्यै मैदान उत्रिने मौका नपाउने । यही भएर संगीत त्यो दिन खेल भए पनि रंगशाला नै आएका रहेनछन् । आए पनि उनी कहिलेकाँही प्यारापिटमा बसेर खेल हेर्थे । त्यही भएर रंगशालामा माइकिङ गरेरै संगीतलाई बोलाइयो ।
जति गरे पनि उनी त्यहाँ भए पो आउनु । उनी त कन्सर्ट हेर्न कतै पुगेका रहेछन् । त्यसपछि मैदानमै भएका जीवेशले जर्सी फुकालेर गोलकिपरको जर्सी लगाएर बाँकी समय संकटाको पोष्ट सम्हालेको दृष्य नेपाली फुटबलप्रेमीको आँखामा झलझली आइरहन्छ ।
उसोत जीवेशले त्योभन्दा अगाडि नै असाधारण खेलाडीको परिचय बनाइसकेका थिए । सन् २००० जुन १०, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला । अवसर थियो, एएफसी यु-१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालको पहिलो खेल । नेपाल खेल्दै थियो दक्षिण एसियाली प्रतिद्धन्द्धी माल्दिभ्सविरुद्ध । बाक्लो घरेलु समर्थकबीच नेपालले ७-० को फराकिलो जित हासिल गर्यो । खेलमा स्ट्राइकर जीवेश एक्लैले चार गोल गरेका थिए । उमेर समूहमा नेपालका लागि यो पहिलो ह्याट्रिक थियो ।
‘हामीले माल्दिभ्सपछि बलियो तुर्किमिनिस्तानलाई ५-३ गोलअन्तरले हरायौं, त्यसपछि उज्वेकिस्तानलाई ३ गोलले पाखा लगायौं । समूह विजेता बन्दै नेपाल फाइनल चरणमा पुगेको थियो,’ जीवेश सुनाउँछन्, ‘भियतनाममा हामीले सोचेअनुरुपको प्रदर्शन गर्न सकेनौं ।’
घरेलु फुटबलमा पनि जीवेश ख्याती कमाएका खेलाडी हुन् । २०५२ सालबाट फुटबल सुरु गरेका जीवेशले सर्वप्रथम आफू जन्मेको ठाउँ ताहचल क्लबबाट शीर्ष डिभिजन खेलेका थिए । आज ताहाचलले डिभिजन फुटबलको हैसियत गुमाइसकेको छ ।
छनोट चरणमा जीवेश सर्वाधिक गोल गर्ने खेलाडी नै बने । समूह विजेताको हैसियतमा नेपालले भियतनामको टिकट काटेको थियो । भियतनाममा नेपाल आयोजसँगै बलियो टोली जापान, चीन र म्यानमारसम्मिलित समूहमा थियो । नेपालले त्यहाँ एक खेल पनि जित्न सकेन ।
जीवेशले यसबाहेक २००३ अप्रिलमा प्यालेस्टाइनविरुद्धको एएफसी ओलम्पिक छनोटको पहिलो चरणमा यु-२३ टोलीको पनि प्रतिनिधित्व गरे । दशरथ रंगशालामा सम्पन्न दुई लेगमा नेपालले ३-१ को समग्र पराजय ब्यहोरेको थियो ।
अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्ने हो भने जीवेशको डेब्यु २००३ मा ओमानविरुद्ध भएको थियो । सन् २००४ एएफसी एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली टोली दक्षिण कोरिया प्रस्थान गरेको थियो । जहाँ नेपालले ओमान, भियतनाम र घरेलु टोलीसँग प्रतिस्पर्धा गरेको थियो । यी सबै खेलमा जीवेशले राष्ट्रिय टोलीको जर्सी लगाए ।
त्यसपछि उनले एक वर्षपछि पाकिस्तानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साग)को नवौं संस्करणमा नेपालको प्रतिनिधित्व गरे । त्यो नै अन्तर्राष्ट्रिय फुटबलमा जीवेशको अन्तिम टुर अनि प्रतिनिधित्व रह्यो । त्यतिबेला नेपाल समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तानको टुरपछि जीवेश राष्ट्रिय टोलीमा कहिल्यै देखिएनन् । उनलाई बारम्बार घुँडाको चोटले सताइरहेको थियो । सोही वर्ष उनी सशस्त्र प्रहरी बलमा पनि भर्ती भए । जसका कारण उनले विभागीय करिअरलाई बढी ध्यान दिए ।
घरेलु फुटबलमा पनि जीवेश ख्याती कमाएका खेलाडी हुन् । २०५२ सालबाट फुटबल सुरु गरेका जीवेशले सर्वप्रथम आफू जन्मेको ठाउँ ताहचल क्लबबाट शीर्ष डिभिजन खेलेका थिए । आज ताहाचलले डिभिजन फुटबलको हैसियत गुमाइसकेको छ । ताहचलपछि जीवेश फ्रेन्ड्स पुगे, अनि त्यसपछि संकटा । संकटामा केही वर्ष बिताएपछि उनी ६१ सालमा एपिएफमा भर्ती भएका हुन् ।
जीवेश कतिसम्म आसाधारण खेलाडी थिए भने उनी ६० सालमा शीर्ष डिभिजन लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । मनाङ मस्र्याङ्दी च्याम्पियन रहेको उक्त सिजनमा जीवेशले संकटाको जर्सीमा कूल १३ गोल गरेका थिए । उच्च गोलकर्ताको सूचीमा रहेका रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र बसन्त थापाभन्दा जीवेश एक गोलले मात्र पछाडि रहे । सोही प्रदर्शनका आधारमा जीवेशले कोरिया जाने नेपाली टोलीमा स्थान बनाएका थिए । अनि, डेब्यु अनुभव पनि यही प्रदर्शनका आधारमा सम्भव भएको त हो ।
पुलिस क्लबले तीन पटक शीर्ष डिभिजन र एक पटक राष्ट्रिय लिग जित्दाका सुनौला पुस्ताका खेलाडी हुन् भोला । २०६१ मा नेपाल प्रहरीमा भर्ती भएका भोलाले २०६२ बाट नेपाल पुलिसबाट लिग खेल्न सुरु गरेका थिए
एपिएफमा ८ वर्ष बिताएका जीवेशले २०६८ मा धनगढी, महेन्द्रनगरमा सम्पन्न छैटौं बृहत राष्ट्रिय खेलकुदपछि भने आफ्नो लामो करिअरलाई पूर्णविराम लगाए । अहिले जीवेश प्रहरी नायब उपरीक्षक (डिएसपी)को पदमा छन् । पूर्व खेलाडी, खेलकुद बुझेको हिसाबले उनलाई विभिन्न इभेन्टहरुको जिम्मेवारी दिइएको छ । प्रशिक्षणका लागि ‘सी’ र ‘बी’ लाइसेन्स प्राप्त गरिसकेर ‘ए’ लाइसेन्स तयारीमा जुट्ने योजनामा रहेका जीवेशले दुई महिनाअघि सुरु भएको एन्फा यु–१८ लिगमा पनि एपिएफको युवा टोली सम्हालेका थिए । अहिले भने उनी महिला टोलीको जिम्मेवारीमा छन् । टोली तालिकाको पहिलो स्थानमा छ ।
जीवेशपछि कुरा भोलाको । पुलिस क्लबले तीन पटक शीर्ष डिभिजन र एक पटक राष्ट्रिय लिग जित्दाका सुनौला पुस्ताका खेलाडी हुन् भोला । २०६१ मा नेपाल प्रहरीमा भर्ती भएका भोलाले २०६२ बाट नेपाल पुलिसबाट लिग खेल्न सुरु गरेका थिए । घरेलु फुटबलमा तेस्रो वर्ष बिताइरहेका भोलाले सन् २००८ मा भारतको हैदराबादमा भएको एएफसी च्यालेन्ज कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा उत्तर कोरियाविरुद्ध अन्तर्राष्ट्रिय डेब्युको अवसर प्राप्त गरे । समूहको पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजित भएपछि प्रशिक्षक बिराटकृष्ण श्रेष्ठले टोलीमा आठ परिवर्तन गरेका थिए । प्रशिक्षक श्रेष्ठ त्यतिबेला सिनियर खेलाडीसँग रिसाएका थिए । त्यसैले उनले युवा खेलाडीलाई मैदानमा उतारेका थिए । जसमा भोलासँगै उनका क्लब सहकर्मी रविन श्रेष्ठले सुरुआती रोजाईमै डेब्युको अवसर प्राप्त गरेका थिए । युवा खेलाडीले प्रशिक्षक श्रेष्ठको विश्वासलाई जिते । तर, हार भने टार्न सकेनन् । कोरियाले १–० को झिनो अन्तरले खेल आफ्नो पक्षमा पारेको थियो । समूहको अन्तिम खेलमा भने नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो ।
दुई दशकको लामो फुटबल करिअरमा भोलाले पुलिस र नेपाली राष्ट्रिय टोलीबाट थुप्रै गौरवमय क्षणहरुको साक्षात्कार गरेका छन् । २००७ मा एएफसी प्रेसिडेन्टस कपमा पुलिसले फानलसम्म सफल यात्रा गर्दा होस् या २०१३ मा घरेलु भूमिमा साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलसम्मको यात्रा गर्दा होस् भोलाले भूमिका महत्वपूर्ण रह्यो । २००८ बाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका मिडफिल्डर भोलाका लागि २०१५ मा पुनेमा सम्पन्न भारतविरुद्धको मैत्रीपूर्ण खेल अन्तर्राष्ट्रिय करिअरको अन्तिम बन्यो । त्यसक्रममा उनले नेपालका लागि २६ खेलमा २ गोल गरेका छन् । दुबै गोल घरेलु समर्थकमाझ नै । पहिलो, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल अनि दोस्रो इस्ट टिमोरविरुद्ध फिफा विश्वकप छनोटको पहिलो चरणमा । २०१५ पछि भने उनलाई घुँडाको चोटले एकदमै सतायो । जसका कारण उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्नै सकेनन् ।
गृहनगर विराटनगरबाट फुटबल यात्रा सुरु गरेका भोलालाई पुलिसले नै विशेस चिनारी दिएको थियो । प्रशिक्षक योगम्बर सुवालको नजरमा परेसँगै पुलिस क्लबबाट लिग खेल्ने अवसर पाएका भोलाले आफूलाई फुटबलका ट्रु जेन्टलम्यानका रुपमा प्रमाणित गरे । जुन यात्रा पछिल्लो लिगसम्म कायम रह्यो । उनले चाहेको भए दुई सिजनअघि नै सक्रिय खेल जीवनबाट सन्यास लिन सक्थे । तर, भोला पुलिस क्लबको खस्कँदो साख जोगाउन थप एक सिजन क्लबमा रहे । उनी र जुमानु राई टोलीका अनुभवी खेलाडी थिए । आफूहरुको उपस्थिति युवा खेलाडीका लागि मनोबल हुने भन्दै उनीहरु टोलीमा बसेका थिए । पुलिसले तेस्रो स्थानमा रहेर लिग टुंगाएको थियो ।
नेपाली फुटबलका दुई फरक कालखण्डका खेलाडी अहिले विभागको जिम्मेवारीमा महिला टोलीको नेतृत्वमा छन् । दुबैका लागि यो नयाँ यात्रा हो । अहिले यी दुई खेलाडीको ध्यान एउटै कुरामा केन्द्रित छ, त्यो हो आफ्नो विभागलाई राष्ट्रिय महिला लिगको च्याम्पियन बनाउने ।
जीवेश जस्तै भोलाको पनि ‘ए’ लाइसेन्सको तयारीमा जुट्ने योजना छ । भोलाले पनि यसपालि एन्फा यु-१८ लिगमा पुलिसको टोली सम्हालेका थिए । त्यस्तै भोलाले पाँच वर्षअघि टोलीलाई ललित स्मृति च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका थिए । त्यतिबेला टोली एन्फामा हुर्केका खेलाडीको बाहुल्य रहेको ब्रिगेड ब्वाइजसँग १-० ले पराजित भएको थियो ।
नेपाली फुटबलका दुई फरक कालखण्डका खेलाडी अहिले विभागको जिम्मेवारीमा महिला टोलीको नेतृत्वमा छन् । दुबैका लागि यो नयाँ यात्रा हो । अहिले यी दुई खेलाडीको ध्यान एउटै कुरामा केन्द्रित छ, त्यो हो आफ्नो विभागलाई राष्ट्रिय महिला लिगको च्याम्पियन बनाउने । यसबाहेक दुबैजना महिला फुटबलको विकासका लागि लागिरहेका छन् । कसरी महिला फुटबललाई थप उचाइतिर लान सकिन्छ भन्ने सोच दुबैमा छ ।
महिला फुटबल नै किन भन्ने प्रश्नमा जीवेशले भनेका थिए, ‘सबैभन्दा पहिला हामी फुटबलको विकासकै लागि भनेर हिँडिरहेका छौं । मैले फुटबलमा पुरुषभन्दा महिलामा बढी सम्भावना देखेको छु । एपिएफमा राष्ट्रिय टोलीका खेलाडी धेरै छन् । यी खेलाडीहरुको प्रदर्शन थप राम्रो होस् भनेर पनि मिहिनेत गरिरहेको छु । अहिले खेलाडीहरु युरोपतिर पनि खेल्न थालेका छन् । खेलाडीहरुले अझ बढी अन्तर्राष्ट्रिय एक्सपोजर पाउने हो भने नेपाली खेलाडीको भविष्य उज्जवल छ ।’
यही विषयमा भोला भन्छन्, ‘नियमित लिगहरु भइरहने हो भने खेलाडीको भविष्य उज्जवल नै देख्छु । पुरुष जत्तिको लिग महिलाको हुँदैन । पुरुषको सरह लिग हुने हो भने महिला खेलाडीको स्तरोन्नती राम्ररी हुनेछ ।’
प्रशिक्षण करिअरमा यो दुबैको सुरुआती वर्षहरु हुन् । खेलाडी करिअरमा बलियो छाप छोडेका यी दुई खेलाडीहरु भावी दिनमा विभाग अनि प्रशिक्षण करिअरमै रमाउन चाहन्छन् । उनीहरु आफूले जाने बुझेका, आफूले भोगेका अनुभव भावी पुस्तालाई साट्न चाहन्छन् । नयाँ बाटो त्यति सहज पनि छैन । तर, जसरी आफ्नो पहिलो इनिङ्समा यी दुई सफल भए, उनीहरु दोस्रो इनिङ्सका लागि पनि उत्तिकै तयार छन् ।