आश्विन १९, २०८१ शनिबार | ०९:२६:२४
टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन शनिबारको दिन

चर्चा अङ्गीकृत फुटबलरको

काठमाडौं । युरोपका ठूला ठूला क्लबहरुबाट खेल्ने अफ्रिकी मूलका खेलाडीहरुलाई आरोप लाग्ने गर्छ, उनीहरु राष्ट्रिय टिम छान्दा युरोपका देशतिर जान्छन् । उनीहरु किन रगतको साइनो भएको देशसँग जोडिन चाहँदैनन्? यो प्रश्नसहितको बहसमा धेरैजसो केन्द्रमा हुने टिम हो, फ्रान्स।

गत युरो स्पेनले जित्दा लमिन यामल र निको विलियम्स चर्चाको उत्कर्षमा रहे । यसको मुख्य कारण यी कलिला खेलाडीले गरेको प्रदर्शन हुने भइगयो। अर्को कारण थियो, उनीहरुको पारिवारिक पृष्ठभूमि।

यामल स्पेनमा जन्मिएका हुन्। तर उनका माता पिता आप्रवाशी हुन्। यामलकी आमा गिनीकी हुन् भने बुवा मोरोक्कोका। अन्तर्राष्ट्रिय फुटबल खेल्दा उनीसँग बुवा र आमाको देश छान्ने अवसर थियो। यद्यपि उनी आफू जन्मिएको देशसँग रहन चाहे।

विश्व फुटबलमा यस्तो हुँदै आएको छ, एक देशमा जन्मिए पनि अर्को देशबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने।

उता निको विलियम्सका आमाबुवा घानाको आक्राबाट स्पेन पुगेका थिए। यसकारण उनीसँग घानाको जर्सी लगाउने विकल्प थियो। उनका दाजु इनाकी विलियम्सका लागि यही विकल्प प्यारो भयो। निकोले भने फरक बाटो रोजे।

लामिन यामल र निको विलियम्स । 

सेप्टेम्बरको सुरुवातमा इङ्ल्यान्ड नेसन्स लिगको खेल खेल्न आयरल्यान्ड गणतन्त्र पुगेको थियो। यी दुई देश दुश्मन नै त होइनन् तर राजनीतिक र सामाजिक पृष्ठभूमिका कारण सम्बन्धमा कटुता छ।

आइरिस राजधानी डब्लिनको प्रख्यात अभिभा रंगशालामा खेल चल्दै थियो। जब जब डेक्लान राइस र ज्याक ग्रेलिसको खुट्टामा बल पुग्थ्यो तब तब आइरिस समर्थक होहल्ला गर्थे। संयोगवश खेलको दुई गोल राइस र ग्रिलिसको नाममा रहे। यी दुई यस्ता खेलाडी हुन् जसले उमेर समूहका अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डको प्रतिनिधित्व गरेका थिए। पछि सिनियर टिमबाट खेल्ने बेलामा भने इंग्ल्यान्ड सरे। यही कारण आइरिसहरु राइस र ग्रेलिससँग क्रोधित छन्।

राइस र ग्रेलिस दुवै इङ्ल्यान्डमा जन्मिएका हुन्। तर उनीहरुको पारिवारिक इतिहास आयरल्यान्डसँग जोडिएको छ। राइसको घरतिरका हजुरबुवा हजुरआमा आयरल्यान्डका हुन्। उता ग्रिलिस घरतिरका हजुरबुवा र मामाघरतिरकी हजुरआमा आइरिस हुन्। यस्तोमा दुई इंग्लिस स्टारसँग आयरल्यान्डबाट खेलिरहने विकल्प थियो। आइरिस समर्थकले पनि सोचेका थिए, यी दुई खेलाडी बेजोड छन्, आइरिस रगत छ, इंग्ल्यान्ड जाँदैनन्। तर इंग्ल्यान्डमा लिग खेल्ने राइस र ग्रिलिस अन्तर्राष्ट्रिय खेलका लागि आयरल्यान्ड फर्किएनन्।

जन्मिएको देशबाट तीन वा कम मैत्रीपूर्ण खेल मात्र खेलेको भए अर्को राष्ट्रिय टिम छान्न पाइने फिफा प्रावधान छ। आफूले छान्न चाहेको देशमा लगातार पाँच वर्ष घरेलु फुटबल खेलेको भए पनि त्यहाँको राष्ट्रिय टिमबाट खेल्न पाइन्छ। तर यसका लागि त्यो देशको नागरिकता सम्बन्धी कानुनले छेक्नु भएन।

विश्व फुटबलमा यस्तो हुँदै आएको छ, एक देशमा जन्मिए पनि अर्को देशबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने। क-कसले यसो गर्न पाउँछन्, फिफाको नियम छ। जुन बेलाबेला आलोचित हुने गरेको छ। प्रश्नको घेरामा पर्ने गरेको छ।

ज्याक ग्रेलिस।

पारिवारिक सम्बन्ध नभए पनि फुटबलरले फरक देशबाट खेलेको प्रशस्त उदाहरण छन्। एक उदाहरण हुन्, डिएगो कोस्टा। जो ब्राजिलमा जन्मिए, लिग खेल्न २० वर्ष नपुग्दै पोर्चुगल पुगे। अनि त्यहाँबाट स्पेन। ला लिगामा स्थापित हुँदै गर्दा ब्राजिलले उनलाई राष्ट्रिय टिमबाट दुई खेल खेलायो। दुवै खेल मैत्रीपूर्ण थिए। पछि उनले स्पेनको राष्ट्रिय टिमबाट खेले किनभने उनले स्पेनको नागरिकता लिइसकेका थिए। त्यसमाथि सन् २०१३ मा स्पेनको नागरिकता लिनुअघि उनले पाँच वर्ष ला लिगा खेलिसकेका थिए।

जन्मिएको देशबाट तीन वा कम मैत्रीपूर्ण खेल मात्र खेलेको भए अर्को राष्ट्रिय टिम छान्न पाइने फिफा प्रावधान छ। आफूले छान्न चाहेको देशमा लगातार पाँच वर्ष घरेलु फुटबल खेलेको भए पनि त्यहाँको राष्ट्रिय टिमबाट खेल्न पाइन्छ। तर यसका लागि त्यो देशको नागरिकता सम्बन्धी कानुनले छेक्नु भएन। त्यसरी लगातार पाँच वर्ष लिग खेलेका र कुनै पनि राष्ट्रिय टिमबाट तीन भन्दा बढी आधिकारिक खेल नखेलेका खेलाडीलाई आफ्नो राष्ट्रिय टिममा भित्र्याउने चलन पुरानै हो। जसलाई एसियाली फुटबलमा पनि अभ्यास गरिँदै आइएको छ।

एसियाली फुटबलमा ‘न्युट्रलाइजेसन’ चीनमा जब सी चिनफिङ् राष्ट्रपति बने तब राजनीतिक र आर्थिक नीति फेरिए। सँगसँगै सपना पनि देखियो, फुटबल पावरहाउस बन्ने। बडेमानको अर्थतन्त्र, त्यत्तिकै ठूलो जनसंख्या। तर संसारभर सर्वाधिक लोकप्रिय खेल फुटबलमा सधैँ पछि। सीले उद्घोष गरे, लगानी जति चाहिन्छ सरकार तयार छ, फुटबल विकास गर।

आर्सनल एकेडेमीका उत्पादन निको येनारिस चिनियाँ टिमबाट खेल्ने पहिलो अङ्गीकृत खेलाडी बने। इङ्ल्यान्डमा जन्मिएर त्यहाँको उमेर समूहका टिमबाट खेलेका येनारिसकी आमा चिनियाँ हुन्।

सीले फुटबल हिर्काएर नयाँ अभियान सुरु गरेको तस्बिर त्यसबेला ‘भाइरल’ भएको थियो। तर त्यसबेला सीलाई के थाहा, फुटबलमा पावरहाउस बन्न फगत लगानीले मात्र पुग्दैन। चीनले युरोपेली क्लबमा खेलेका ठूला ठूला स्टार लिग खेलाउने लानेदेखि भौतिक पूर्वाधार निर्माणमा ठूलो खर्च गरेकै हो। तर त्यसले राष्ट्रिय टिमको नतिजामा फरक पारेन। त्यहीबीचमा चीनले नीति लियो, ‘न्युट्रलाइजेसन’को। मतलब चीनियाँ लिग खेलिरहेका विदेशीलाई नागरिकता दिने र राष्ट्रिय टिमबाट खेलाउने।

 निको येनारिस ।

आर्सनल एकेडेमीका उत्पादन निको येनारिस चिनियाँ टिमबाट खेल्ने पहिलो अङ्गीकृत खेलाडी बने। इङ्ल्यान्डमा जन्मिएर त्यहाँको उमेर समूहका टिमबाट खेलेका येनारिसकी आमा चिनियाँ हुन्। यसकारण उनी चिनियाँ नागरिकताको हकदार थिए। तर सँगसँगै चीनले चिनियाँ लिग खलिरहेका एल्केसन लगायतका पाँच ब्राजिलेली खेलाडीलाई नागरिकता दियो। र राष्ट्रिय टिममा समावेश गर्यो।

यसरी अङ्गीकृत नागरिकता दिएर वा फुटबलको भाषमा भन्दा ‘न्युट्रलाइज्ड’ गरिएका खेलाडी खेलाउँदा पनि चीनियाँ राष्ट्रिय टिमको प्रदर्शनमा महसुस हुनेगरि परिवर्तन आएको छैन। सन् २०२२ को विश्वकपमा छनोट हुनु त परको कुरा, चीनले एक वर्षपछिको एसियन कपको प्रारम्भिक चरण समेत पार गर्न सकेन।

सन् २०५० मा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुने आँकलन छ। त्यसबेला भारत दोस्रो अर्थतन्त्र बन्छ भनेर भनिन्छ। हाल अर्थतन्त्र तालिकाको पहिलो स्थानमा भएको अमेरिका २६ वर्षपछि तेस्रो बन्दा इन्डोनेसिया चौथो ठूलो अर्थतन्त्र हुने अनुमान छ।

गत जुनमा राजधानी जाकार्तामा फिलिपिन्सलाई हराउँदा इन्डोनेसियाली टिममा नौ खेलाडी यस्ता थिए जो इन्डोनेसियामा जन्मिएका होइनन्। उनीहरु नेदरल्यान्ड्समा जन्मिएका हुन्। 

इन्डाेनेसिया हाल विश्वका २० ठूला अर्थतन्त्रमध्येको एक हो। इन्डोनेसिया जति जति धनी बन्दैछ उसको फुटबल सपनाले त्यति त्यति ठूलो आकार ग्रहण गरिरहेको छ। सबैभन्दा ठूलो सपना त अवश्य पनि विश्वकप खेल्ने हो। अबका विश्वकपहरुमा ३६ टिमले खेल्न पाउने भएकाले पनि इन्डिोनेसिया हतारिएको छ। हतारिनुको अर्को कारण त्यहाँको फुटबल संघ अध्यक्ष एरिक तोहिर पनि हुन्। कुनै समय इन्टर मिलानको मालिक बनेर कहलिएका तोहिर इन्डोनेसियालाई चाँडोभन्दा चाँडो विश्वकपमा पुर्याउन चाहन्छन्। जहाँ इन्डोनेसिया अहिलेसम्म एक पटक मात्र पुग्न सकेको छ।

नेदरल्यान्ड्समा जन्मिएर इन्डोनेसियाका लागि अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका थम हेयी । 

विश्वकप पुग्ने बाटो सजिलो बनाउन इन्डोनेसियाले रोजेको बाटो हो, ‘न्युट्रलाइजेसन’। के भनिन्छ भने इन्डोनेसियाली फुटबल संघ (पिएसएसआइ)ले विश्वभर छरिएका इन्डोनेसियाली मूलका खेलाडीहरुको स्काउटिङ गरेको छ र उनीहरुको सूची बनाएको छ। सूचीमा कम्तिमा १५४ खेलाडी छन् जो इन्डोनेसियाबाट खेल्न सक्छन्। विदेशी नागरिक भए पनि उनीहरुलाई पारिवारिक पृष्ठभूमिका कारण इन्डोनेसियाको नागरिकता दिन सकिन्छ। जसले राष्ट्रिय टिमको ढोको खोलिदिन्छ।

सन् १९४९ मा नेदरल्यान्ड्सबाट स्वतन्त्रता पाएको इन्डोनेसियाले डच लिगलाई खेलाडीको स्रोत बनाएको छ। गत जुनमा राजधानी जाकार्तामा फिलिपिन्सलाई हराउँदा इन्डोनेसियाली टिममा नौ खेलाडी यस्ता थिए जो इन्डोनेसियामा जन्मिएका होइनन्। उनीहरु नेदरल्यान्ड्समा जन्मिएका हुन्। मूल इन्डोनेसियाली भएकाले उनीहरुलाई त्यहाँको नागरिकता दिएर राष्ट्रिय टिममा स्थान दिइएको हो।

उसो त नेदरल्यान्ड्सबाट नाम कमाएका धेरै खेलाडी इन्डोनेसियाबाट खेल्न सक्थे। रोबिन भान पर्सीका हजुरआमा इन्डोनेसियाली हुन्। आर्सनल र बार्सिलोनाबाट कयौँ उपाधि जितेका जियोभानी ब्रोख्रोस्टकी आमा इन्डोनेसियाली थिइन् भने बुवाका अभिभावक इन्डोनेसियाबाट नेदरल्यान्ड्स बसाइँ सरेका थिए।

गत वर्ष कतारमा भएको एसियन कपमा घरेलु टिम र लेबनानले १२-१२ न्युट्रिलाइज्ड खेलाडी खेलाएका थिए।

विदेशमा जन्मिएकालाई नागरिकता दिएर राष्ट्रिय टिममा राख्नेमा इन्डोनेसिया एक्लो एसियाली देश होइन। सन् २०२३ को एसियन कपमा मलेसियाली टिममा १० खेलाडी यस्ता थिए जो मलेसियामा जन्मिएका होइनन्। चीन र इन्डोनेसियामा जस्तै मलेसियामा पनि दोहोरो नागरिकताको प्रचलन छैन। यसकारण पारिवारिक पृष्ठभूमि वा त्यहाँको लिग खेलेका आधारमा खेलाडीलाई न्युट्रिलाइज्ड गरिएको हो।

कतारी फुटबल टोली । 

गत वर्ष कतारमा भएको एसियन कपमा घरेलु टिम र लेबनानले १२-१२ न्युट्रिलाइज्ड खेलाडी खेलाएका थिए। इराक, अस्ट्रेलिया, सिरिया, किर्गिजस्तान लगायतका टिममा पनि प्रशस्त न्युट्रिलाइज्ड खेलाडी थिए।

न्युट्रिलाइज्ड खेलाडीमा लोभिँदै दक्षिण एसियागत सेप्टेम्बर ५ मा कम्बोडियासँग भिडेको श्रीलंकाली टिममा परेका १० खेलाडी श्रीलंकाभन्दा बाहिर जन्मिएका हुन्। यी १० मध्ये आठ खेलाडी पहिलो एघारमा थिए। नेपालका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा एसियन कप छनोटको प्रारम्भिक चरण पार गरेको श्रीलंकाले विश्वभर छरिएका श्रीलंकाली मूलका खेलाडी स्काउटिङ गरिरहेको छ। दोहोरो नागरिकताको व्यवस्था भएको श्रीलंकाले यो वर्षको सुरुवातमा विदेशमा खेलिरहेका १५ श्रीलंकाली मूलका खेलाडी पत्ता लगाएको बताएको थियो।

बेलायतमा जन्मिएका हाम्जाकी आमा सिलेटबाट बेलायत पुगेकी थिइन्। यही वर्ष बंगलादेशबाट डेब्यू गर्ने योजनामा रहेका हाम्जा दक्षिण एसियाली फुटबलका सबैभन्दा ठूला स्टार हुनेछन्।

श्रीलंका जस्तै कुनै समय बेलायती साम्राज्यको हिस्सा रहेको बंगलादेशमा पनि दोहोरो नागरिकताको व्यवस्था छ। यसलाई आधार मानेर बंगलादेशी समर्थकले हाम्जा चौधरीले हरियो जर्सी लगाउने सपना देखेको वषौँ भयो। लेस्टर सिटीबाट लामो समय इंग्लिस प्रिमियर लिग खेलेका हाम्जाले गत जुनमा बंगलादेशी पासपोर्टका लागि आवेदन दिएको बताएका थिए।

बेलायतमा जन्मिएका हाम्जाकी आमा सिलेटबाट बेलायत पुगेकी थिइन्। यही वर्ष बंगलादेशबाट डेब्यू गर्ने योजनामा रहेका हाम्जा दक्षिण एसियाली फुटबलका सबैभन्दा ठूला स्टार हुनेछन्। उसो त बंगलादेशले तारिक काजीलाई २०२१ र एलेटा किंग्स्लेलाई दुई वर्षपछि न्युट्रिलाइज्ड खेलाडीका रुपमा डेब्यू गराएको थियो। फिनल्यान्डमा जन्मिएका काजीकी आमा बंगलादेशी हुन् भने किंग्स्लेले बंगलादेशी महिलासँग बिहे गरेपछि त्यहाँको नागरिकता पाएका हुन्।

हाम्जा चौधरी । 

श्रीलंका र बंगलादेशमा जस्तै पाकिस्तानमा पनि दोहोरो नागरिकताको प्रावधान छ। अहिले सुस्ताएको पाकिस्तानी फुटबलका लागि विदेशमा जन्मिएका र उतै खेल्ने पाकिस्तानी मूलका खेलाडी नौलो होइनन्। उता विश्वमा सबैभन्दा ठूलो ‘डायस्पोरा’ भएको भारतले भने दोहोरो नागरिकताको व्यवस्था गरेको छैन। न त विदेशमा खेल्ने भारतीय मूलका फुटबलरलाई फकाउने प्रयास गरेको छ। फकाउने यस अर्थमा कि विदेशी नागरिकता त्याग गरे मात्र भारतीय नागरिकताका लागि आवेदन दिन पाइन

भारतीय फुटबल समर्थकको ठूलो हिस्सा न्युट्रिलाइज्ड खेलाडीको पक्षामा देखिए पनि यसलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिएको छैन। भारतीय सरकारको राष्ट्रिय सुरक्षा नीतिमा नागरिकता महत्त्वपूर्ण विषय हुने भएकाले पनि न्युट्रिलाइज्ड खेलाडीको बहसका लागि ढोका बन्द छ। नत्र बायर्न म्युनिखका सप्रित सिंह, स्वान्सी सिटीका यान डान्डा, नेदरल्यान्ड्सबाट खेलेका लुसियानो नरसिंह, स्टोक सिटीका सदाबहार रक्षक रोबर्ट हुथ जस्ता खेलाडी भारतीय जर्सीमा देखिन सक्ने। वा त्यसको सम्भावना रहन्थ्यो।

बेलायती गोर्खाका छोरा किबन राईले इङ्लिस फुटबलमा नाम कमाइरहेको देख्दा नेपाली फुटबल समर्थक बेला बेलामा न्युट्रिलाइज्ड खेलाडीको विषयलाई लिएर रोमाञ्चित हुने गरेका छन्। उसो त केही प्रतिभावान् खेलाडी भारतीय सेनाबाट घरेलु प्रतियोगिता खेलिरहेको पनि देखिन्छ। तर घरमा उत्पादन भएका खेलाडी नै विदेश पलायन भइरहेको परिवेशमा न्युट्रिलाइज्ड खेलाडीको बहस नेपाली फुटबलका लागि कत्तिको गम्भीर विषय हो? यसको निक्र्योल गर्न सजिलो छैन।