काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजतर्फ २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ समान १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा कूल १०१ खेल हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह-प्राचार्य विनोद घिमिरेले जानकारी दिए ।
गत संस्करण सनियर ब्वाइज/गर्ल्समा उपाधि भ्याली पब्लिकलेतथा जुनियर ब्वाइजमा गोल्डेनपिक च्याम्पियन बनेका थिए । १० दिने प्रतियोगिता धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
