रामप्रसाद थारु

एथ्लेटिक्स: पुरुष ४ सय मिटर हर्डल्समा रामप्रसादले जिते स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबका खेलाडी रामप्रसाद थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष ४ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् । बुधबार बिहान पोखरा रंगशालामा भएको खेलमा निर्धारित दूरी पार गर्न रामप्रसादले ५३.५३ सेकेन्ड लगाएका थिए ।

यस्तै ५३.८९ सेकेन्ड खर्चिएका आर्मीकै जीवन चौधरीले रजत पदक जिते । यस्तै ५३.९२ सेकेन्डमा दौड पूरा गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबका नीरप्रताम महतोले कास्य पदक जिते ।

बुधबार बिहाननै भएको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । यस्तै ८ सय मिटर महिला दौडमा एपिएफकी फुलमति रानाले स्वर्ण जितिन् ।