चैत्र ८, २०८२ आइतबार | ०६:४७:४८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विशेष उपलब्धि, नयाँ विधामा सम्मान

काठमाडौं । कोभिड १९ को महामारीका कारण पूरा विश्व ठप्प हुँदा खेलकुदका गतिविधि पनि नगण्यमात्रामा मात्र भए । महामारीको दुश्प्रभावले पूरा विश्वको खेलकुदलाई चपेटामा पर्दा अत्यन्तै कम प्रतियोगिता भए ।

महामारीको डरलाग्दो अवस्थाबीच भएका थोरै प्रतियोगितामध्ये एक थियो, बंगलादेशढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन । र, त्यो म्याराथनमा पुष्पा भण्डारीले स्वर्ण पदक जितेर नेपाली खेलकुदको सम्भावना र क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरिन् ।

कोरोना महामारीको त्रासबीच वर्ष २०७७ मा नेपाले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ हासिल गरेको एकमात्र सफलता त्यही थियो ।

गतवर्ष पुस २६ गते बंगलादेशको ढाकामा भएको त्यो प्रतियोगितामा भारतका दुई प्रतिस्पिर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेकी पुष्पा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा विशेष पुरस्कारअन्तर्गत ‘पर्फमर अफ दी इयर’को नाममा सम्मानित भएकी छिन् । ‘पर्फमर अफ दी इयर’ आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको कार्यसमितिले यसपालीदेखि थप गरेको विधा हो ।

ढाकामा २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा म्याराथन दुरी पूरा गर्दै उपाधिमा कव्जा जमाएकी पुष्पाको उच्च फर्म अघिल्लो वर्ष पनि उल्लेख लायक थियो । नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदको म्याराथनमा उनले रजत पदक जितेकी थिइन । घरमा स्वर्ण जित्न नसक्नुको पीडा ढाकामा गएर पोख्न उनी सफल भएकी थिइन ।

‘महामारीको त्रास थियो । मौसम एकदमै गर्मी थियो । रुट राम्रो थिएन । भारतीय खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न सहज थिएन । तर त्यहाँ आएका भारतीयलाई मैले सागमा पनि हराएकी थिएँ । जसका कारण मेरो मनोबल उच्च थियो । सुरुमा लिग गरेपछि लिग गरेको गर्यै जितेँ,’ पुष्पाले ढाकामा जितेपछि भनेकी थिइन, ‘म एकदमै खुसी छु । यो मेरो खेल जीवनकै सबभन्दा ठूलो उपलब्धिमध्ये एक हो ।’

महामारीको बीच अन्तर्राष्ट्रिय उपाधि जितेर पूरा देशवासीलाई खुसी दिलाएकै कारण नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन मञ्चले विशेष पुरस्कारमा अर्को विशेष विधा थप्दै उनलाई सम्मान गरेको हो ।

२०६८ सालमा धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा १६ वर्षको उमेरमा म्याराथनमा प्रतिस्पर्धा गरेकी पुस्पाले पहिलो सहभागितामै रजत पदक जितेर सबैलाई छक्क पारेकी थिइन् । लगत्तै अर्को वर्ष लुम्बिनी च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेपछि उनी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भइन । जुन उनको खेल जीवनको महत्वपूर्ण मोड थियो ।

सल्यानको माल्नेटामा जन्मिएकी धाविका पुष्षाको विषयमा प्रशिक्षक राकेश वज्राचार्य भन्छन्, ‘साहस र लगाब पुष्पाको सबभन्दा मजबुत पक्ष हो । उनी मेहनतबाट कहिल्यै भाग्दिनन । उनको खेल जीवन योभन्दा पनि ठूल्ठुला उपलब्धिको प्रतिक्षा गरिरहेको छ ।’

एनएसजेएफ पल्सर पर्फमर अफ दी इयरको अवार्ड जितेपछि पुष्पाले ओलम्पिक खेल्ने लक्ष्य फेरी स्मरण गरिन । भनिन्, ‘मेरो मेहनतको मदर गरेकोमा पत्रकारहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईहरुबाट प्राप्त हुने यस्तै हौसलाले खेलाडीलाई थप मेहनत गर्न प्रेरणा मिल्छ । यो प्रेरणालाई ओलम्पिकसम्म पुर्याउने मैले लक्ष्य बनाएकी छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो