माघ १६, २०८२ शुक्रबार | १०:३१:०७
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

विशेष उपलब्धि, नयाँ विधामा सम्मान

काठमाडौं । कोभिड १९ को महामारीका कारण पूरा विश्व ठप्प हुँदा खेलकुदका गतिविधि पनि नगण्यमात्रामा मात्र भए । महामारीको दुश्प्रभावले पूरा विश्वको खेलकुदलाई चपेटामा पर्दा अत्यन्तै कम प्रतियोगिता भए ।

महामारीको डरलाग्दो अवस्थाबीच भएका थोरै प्रतियोगितामध्ये एक थियो, बंगलादेशढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन । र, त्यो म्याराथनमा पुष्पा भण्डारीले स्वर्ण पदक जितेर नेपाली खेलकुदको सम्भावना र क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरिन् ।

कोरोना महामारीको त्रासबीच वर्ष २०७७ मा नेपाले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ हासिल गरेको एकमात्र सफलता त्यही थियो ।

गतवर्ष पुस २६ गते बंगलादेशको ढाकामा भएको त्यो प्रतियोगितामा भारतका दुई प्रतिस्पिर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेकी पुष्पा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा विशेष पुरस्कारअन्तर्गत ‘पर्फमर अफ दी इयर’को नाममा सम्मानित भएकी छिन् । ‘पर्फमर अफ दी इयर’ आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको कार्यसमितिले यसपालीदेखि थप गरेको विधा हो ।

ढाकामा २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा म्याराथन दुरी पूरा गर्दै उपाधिमा कव्जा जमाएकी पुष्पाको उच्च फर्म अघिल्लो वर्ष पनि उल्लेख लायक थियो । नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदको म्याराथनमा उनले रजत पदक जितेकी थिइन । घरमा स्वर्ण जित्न नसक्नुको पीडा ढाकामा गएर पोख्न उनी सफल भएकी थिइन ।

‘महामारीको त्रास थियो । मौसम एकदमै गर्मी थियो । रुट राम्रो थिएन । भारतीय खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न सहज थिएन । तर त्यहाँ आएका भारतीयलाई मैले सागमा पनि हराएकी थिएँ । जसका कारण मेरो मनोबल उच्च थियो । सुरुमा लिग गरेपछि लिग गरेको गर्यै जितेँ,’ पुष्पाले ढाकामा जितेपछि भनेकी थिइन, ‘म एकदमै खुसी छु । यो मेरो खेल जीवनकै सबभन्दा ठूलो उपलब्धिमध्ये एक हो ।’

महामारीको बीच अन्तर्राष्ट्रिय उपाधि जितेर पूरा देशवासीलाई खुसी दिलाएकै कारण नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन मञ्चले विशेष पुरस्कारमा अर्को विशेष विधा थप्दै उनलाई सम्मान गरेको हो ।

२०६८ सालमा धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा १६ वर्षको उमेरमा म्याराथनमा प्रतिस्पर्धा गरेकी पुस्पाले पहिलो सहभागितामै रजत पदक जितेर सबैलाई छक्क पारेकी थिइन् । लगत्तै अर्को वर्ष लुम्बिनी च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेपछि उनी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भइन । जुन उनको खेल जीवनको महत्वपूर्ण मोड थियो ।

सल्यानको माल्नेटामा जन्मिएकी धाविका पुष्षाको विषयमा प्रशिक्षक राकेश वज्राचार्य भन्छन्, ‘साहस र लगाब पुष्पाको सबभन्दा मजबुत पक्ष हो । उनी मेहनतबाट कहिल्यै भाग्दिनन । उनको खेल जीवन योभन्दा पनि ठूल्ठुला उपलब्धिको प्रतिक्षा गरिरहेको छ ।’

एनएसजेएफ पल्सर पर्फमर अफ दी इयरको अवार्ड जितेपछि पुष्पाले ओलम्पिक खेल्ने लक्ष्य फेरी स्मरण गरिन । भनिन्, ‘मेरो मेहनतको मदर गरेकोमा पत्रकारहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईहरुबाट प्राप्त हुने यस्तै हौसलाले खेलाडीलाई थप मेहनत गर्न प्रेरणा मिल्छ । यो प्रेरणालाई ओलम्पिकसम्म पुर्याउने मैले लक्ष्य बनाएकी छु ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।