पुस ६, २०८२ सोमबार | १५:४५:०३
शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर

काठमाडौं । फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि विभिन्न खेलका पाँच खेलाडीलाई ‘गुडवील एम्बासडर’मा नियुक्त गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच गोर्खाजले करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडवील एम्बासडर बनाएको हो ।

श्रेष्ठले १३औं सागमा एकल काता र टिम इभेन्टमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । उनी हाल राष्ट्रिय टोलीका काता प्रशिक्षक हुन् ।

फुटबलर विकेट कुथुले पनि १३औं सागमा स्वर्ण जितेका थिए । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका विकेशले सरस्वती क्लब, जावलाखेल युथ क्लब र मध्यपुर युथ एसोसिएसनको जर्सी लगाइसकेका छन् । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करण काठमाडौं रेजर्स च्याम्पियन बन्दा विकेश टोलीका कप्तान थिए ।

ओलम्पियन सन्तोषीले पनि १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनि एथलेटिक्सबाट स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । गत वर्ष पेरिस ओलम्पिकमा सन्तोषीले सहभागिता जनाएकी थिइन् ।

पुनम राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्द पोखरा निन्जाजबाट आसन्न एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्दैछिन् ।

यसै वर्ष एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी सीता तामाङ छैटौं, सातौं र नवौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन् ।

कार्यक्रममा काठमाडौं गोर्खाजका  कार्यकारी निर्देशक अनुभव सिरोहिया, काठमाडौं गोजर्खाका सिइओ सुरज सिंग ठकुरी र पूर्व कराते खेलडी सिमोन खत्रीको उपस्थीति  थियो ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I