माघ २८, २०८२ बुधबार | २२:०१:०६
पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर

काठमाडौं । फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि विभिन्न खेलका पाँच खेलाडीलाई ‘गुडवील एम्बासडर’मा नियुक्त गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच गोर्खाजले करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडवील एम्बासडर बनाएको हो ।

श्रेष्ठले १३औं सागमा एकल काता र टिम इभेन्टमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । उनी हाल राष्ट्रिय टोलीका काता प्रशिक्षक हुन् ।

फुटबलर विकेट कुथुले पनि १३औं सागमा स्वर्ण जितेका थिए । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका विकेशले सरस्वती क्लब, जावलाखेल युथ क्लब र मध्यपुर युथ एसोसिएसनको जर्सी लगाइसकेका छन् । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करण काठमाडौं रेजर्स च्याम्पियन बन्दा विकेश टोलीका कप्तान थिए ।

ओलम्पियन सन्तोषीले पनि १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनि एथलेटिक्सबाट स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । गत वर्ष पेरिस ओलम्पिकमा सन्तोषीले सहभागिता जनाएकी थिइन् ।

पुनम राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्द पोखरा निन्जाजबाट आसन्न एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्दैछिन् ।

यसै वर्ष एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी सीता तामाङ छैटौं, सातौं र नवौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन् ।

कार्यक्रममा काठमाडौं गोर्खाजका  कार्यकारी निर्देशक अनुभव सिरोहिया, काठमाडौं गोजर्खाका सिइओ सुरज सिंग ठकुरी र पूर्व कराते खेलडी सिमोन खत्रीको उपस्थीति  थियो ।
 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं